६ जेष्ठ २०८१, आईतवार

नेपाल लाईफ इन्स्योरेन्सले ग¥यो मृत्यु दावी रकम भुक्तानी


सुर्खेत । नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । बीरेन्द्रनगर ३, सुर्खेत निवासी योगेश खत्रीको मृत्यु पश्चात निजको श्रीमती शान्ति कुमारी भण्डारी खत्रीलाई दावी रकम हस्तान्तरण गरिएको हो ।
५ बर्ष पहिले ५१ लाख १८ हजार वीमाङ्कको जीवन वीमा गराएका योगेशको केही समय पहिले अचानक मृत्यु भएको थियो । उक्त वीमा वापतको वीमाङ्क रकम र वोनस रकम मध्ये विमितले ऋण रकम र नयाँ वीमा वापतको प्रिमियम कट्टि गरि ३७ लाख ८८ हजार ३ सय २५ रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल, नेपाल लाइफ कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, अभिकर्ता सघ अध्यक्ष सन्तोष शर्मा, व्यवसायी धनबहादुर रावत, सिनियर एएम कमल गुरुङ, शाखा प्रमुख चक्रबहादुर विष्ट लगायतको उपस्थितिमा वीमा दाबी चेक हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्त्रण गर्दै अध्यक्ष कँडेलले मानिसको जीवन अनिश्चित भएको र त्यसको जीवन पछि पनि आश्रित परिवारको सहज जीवन यापनका लागि जीवन वीमा आवश्यक भएको बताए । वीमा कम्पनीहरुले नागरिकको विश्वास जित्न सरल र सहज प्रकृया अपनाउन सुझाव दिए ।
कर्णाली प्रदेश प्रमुख अधिकारीले नेपाल लाइफले प्रदान गर्ने वीमा सेवा सहज र सरल भएकोले नै नेपाल लाइफ प्रतिविश्वास बढ्दै गएको बताए । उनले आगामी दिनमा अझ परिस्कृत रुपमा वीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।