५ जेष्ठ २०८१, शनिबार

आफैले गरेका निर्णय उल्ट्याउर्दै पचालझरना गाउँपालिका


कालीकोटः जिल्लाको पचालझरना गाउँपालिकाले आफैले गरेका निर्णय उल्ट्याएको छ । पचालझरनामा निमार्ण हुने ५ शैयाको पचालझरना सामुदायिक अस्पतालको निर्णय आफै उल्ट्याएको हो ।
२०७७ साल फागुन ६ गते तत्कालिन गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालको अध्यक्षतामा बसेको बैठकले अस्पताल पचालझरना गाउँपालिका–४ मा निमार्ण गर्ने निर्णय गरिएको थियो । २०७९ साल साउन २५ गते गाउँपालिका अध्यक्ष देवराज शाहीको अध्यक्षतामा बसेको बैठकले पनि ४ नम्बर वडामा निमार्ण गर्ने निर्णय गरेको थियो । आफुले गरेका निर्णय उल्ट्याउर्दै पचालझरना गाउँपालिकाले वडा नं. ९ को लाटुरेमा निर्माण गर्ने पुन निर्णय गरेको छ ।
अस्पतालले विगतदेखि नै सेवा जारकोटबाट दिदै आएको र दुई दुई पटकको निर्णयले पनि जारकोटमा नै निमार्ण गर्ने निर्णय गरेकाले सोही ठाउँमा हुनुपर्ने माग उपाध्यक्षको छ भने गाउँपालिका अध्यक्ष देवराज शाहीले बहुमतले पारित गरेको भन्दै ५ शैयाको अस्पताल वडा नं ९ मा रहेको लाटुरे भन्ने ठाउँमा एकलौटी निर्णय गरेर सारेको पचालझरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बमले बताईन् ।
उनले जनताको माग एकातिर अध्यक्षको निर्णय अर्कोतिर भएकाले विवाद उत्पन्न भएको बताईन् । हिउँदे गाउँसभामा पनि एजेन्डाको रुपमा अघि सारेकाले अस्पताल निमार्ण पुरानै ठाउँमा हुनुपर्ने बमको भनाई छ । नागरिकको पाईक पर्ने ठाउँमा अस्पताल निमार्ण हुनुपर्ने उपाध्यक्ष बमले बताईन् ।