२४ बैशाख २०८१, सोमबार

रैथाने बालीको उत्पादनमा कमी

मुगुमा खेती गरी रहेको १० हजार ४ सय ६१ हेक्टर रहेकोमा जसमा २ हजार ६ सय ७७ हेक्टर जमिन बाँझै


मुगु । केही बर्षयता आयतित खाद्य बस्तुमा निर्भर रहँदा मुगुका किसानले स्थानीय तथा रैथाने बालीको खेती गर्न छाडेका छन् । जसका कारण स्थानीय स्तरमा पाइने रैथाने बालीको उत्पादनमा कमी हुँदै आएको छ ।

जिल्लामा पाइने स्थानीय रैथाने बालीहरु कोदो, फापर, नाफल चिनु, लट्टे, काउनो, जुनालो जस्ता बालीहरुकोे उत्पादनमा कमी आएको देखिन्छ । रैथाने बालीहरु मध्ये अधिकरुपमा कोदोको खेती गरे पनि किसानहरुले अन्य रैथाने बालीको भने खेती गर्न छाडेका छन् ।

जिल्लामा चार स्थानीय तहमा रहेका बस्तीहरु मध्ये छायानाथ रारा नगर पालिकामा कोदोको खेतीगरे पनि चिनु, काउनी र फापर थोरै मात्रमा केही बस्तीमा मात्र गरिन्छ । जिल्लाका अन्य तीन स्थानीय निकायाका बस्तीहरुमा पनी कोदो अलि वढी गरेको पाइए पनि अन्य बाली कम उत्पादन गरेको स्थानीय तहका कृष्ाि शाखाले जनाएका छन् ।

स्थानीय स्तरमा पाइने काउनो, चिनु, जुनालो जस्ता रैथाने बाली प्राय किसान हरुले खेती गर्नै छाडेका छन् । पछिल्लो समयमा किसानले काउनो कुनै बस्तीमा गरे पनि अधिकांश बस्तीमा खेती गर्न छाडेका छन् । लट्टेको हालत पनि विस्तारै हराउदै जाने देखिएको छ ।

जिल्लामा पाइने रैथाने बाली मध्य किसानहरुले फापर, चिनोको खेती कार्मारोङका स्थानीय किसानहरुले बढी गर्ने गरेको पाइएको छ । पछिल्लो समयमा किसानहरु पुर्खेयौली र रैथाने बाली कम मात्रामा किसानले खेती गर्ने गरेका छन् ।

जसका कारण जिल्लामा रहेको खेतीयोग्य भुमिमा यस्ता बालीहरु हराउदै जाने अवस्थामा देखिएको छ । स्थानीय स्तरमा पाइने पहिलेदेखि खेती गरिदै आएको बस्तीमा एउटै कोदो बाहेक अन्य रैथाने बाली नै किसानले खेती गर्न छाडेका छन ।

केही बर्ष अगाडी पाइने रैथाने बाली जुनालो जिल्लाका कुनै बस्तीमा खेती गरेको देखीदैन भने काउनो,चिनो फापर, लट्टे जस्ता कुनै वस्तीमा खेती गरेपनी कुनै बस्तीका किसानले खेती गर्न छाडेका र कुनै वस्तीका किसानहरुले पहिलेको तुलनामा कम मात्रामा खेती गर्ने गरेको छायानाथ रारा १० गाडापानीका स्थानीय किसान सिंगबहादुर सावतले राजधानी लाई बताए ।

जिल्ला कृषि विकास कार्यलय मुगुको ०७९–८० को तथ्याङक अनुसार जिल्लामा खेती योग्य जमिन १३ हजार १ सय ३८ हेक्टर रहेको र खेती गरी रहेको जमिन १० हजार ४ सय ६१ हेकटर रहेकोमा जसमा २६ सय ७७ हेक्टर जमिन बाँझो रहेको बताईएको छ ।

कृषि कार्यलयले साथै चालु आर्थिक बर्षर्को पुर्ण तथ्याङक नभएको भने पछी उल्लेख गरीएको छैन। साथै गएको आर्थिक बर्षको कृषि कार्यलयको तथ्याङक अनुसार प्रमुखबाली मध्य रैथानेबालीमा कोदो,फापर मात्र परेको देखाईएको छ भने जिल्लामा खेती योग्य भुमीमा कोदो ३७ सय हेक्टरमा लगाईएकोमा उत्पादन ३३ सय ३० मेट्रीक टन उत्पादन भएको र फापर भने ३ सय ४८ हेक्टरमा मात्र लगाईएकोमा ४ सय १७ पईन्ट ६ मेट्रीक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका निमित्त कृषि विकास अधिकृत चन्द्रबहादुर शाहीले जानकारी दिए ।

तथ्याङकलाई विश्लेषण गर्दा जिल्ला कृषि कार्यलय मुगुमा अन्य रैथाने बालीहरुलाई उत्पादनको सुचिमै नरहेको र जसअनुसार खेती नै गर्न छाडेको देखिन्छ । चालु आर्थिक वर्षमा रैथाने बालीलाई उत्पादन तथा उत्पाकत्वमा बढावा दिन र किसानको मनोबल उच्च राख्न रैथाने बाली भण्डारणको लागी सामाग्री सहयोग कार्यक्रम, प्राङगारिक कृषि तथा पशुपंक्षी उपज बजारीकरण कार्यक्रम, सहकारी प्रोत्साहान कार्यक्रम, तथा रैथाने बाली प्रर्बधन कार्यक्रमहरु किसान माझ चालु आर्थिक बर्षमा लगीएको कृषि विकास कार्यलय मुगुका निमित्त कार्यलय प्रमुख शाहीले बताए ।