मुख्यमन्त्री शर्माले चौथो पटक विश्वासको मत लिदैँ


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चौथो पटक मंगलबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसले गत फागुन २२ गते विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था अनुुसार चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत वर्ष बैशाख १५ गते तेस्रो पटक विश्वासको मत लिएका थिए ।
२०७९ पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका त्यसपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।
कर्णालीपाटी । १८ चैत्र २०८०, आईतवार १६:१२