४ बैशाख २०८२, बिहीबार

सुनमायाले चीनमा जितिन् ट्रेलरेसको उपाधि


सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका– २ पेरे विकट गाउँकी अल्ट्राधावक सुनमाया बुढाले चीनमा कीर्तिमानी समयसहित ट्रेलरेसको उपाधि जितेकी छिन् ।

उनले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेलरेसअन्तर्गत ७० किलोमिटर रेसको दूरी सात घण्टा ६ मिनेट १७ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।

चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय रेसको कीर्तिमानी समय हो। यो रेस गोल्डेन ट्रेलरेस वर्ल्ड सिरिज २०२४ अन्तर्गतको रेस हो ।

सुनमायाले हङकङको आइटिआरए नेसनल लिगको उपाधि पनि जितेकी थिइन्। उनी सय किलोमिटर अल्ट्रारेसमा विश्वकै शीर्ष आठ अल्ट्रारनर हुन् ।