जोखिममा रहेका बालबालिकालाई खाद्यन्न वितरण
कालीकोटः कालीकोट जिल्लाको शुभकालीका गाउँपालिकामा खाद्यन्न वितरण गरिएको छ । जोखिममा रहेका बालबालिका तथा उनका परिवारहरूलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
जिल्लाको शुभकालीका गाउँपालिकाका ८ वटा वडाका करिव ४ सय ३२ जना बालबालिकालाई खाद्यन्न वितरण गरिएको छ । ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन भएको सहयात्रा परियोजना थ्री मार्फत खाद्यन्न वितरण गरिएको भिडिसेफ नेपाल कालीकोटका अध्यक्ष कल्पना रावलले बताइन् ।
बालबालिका सम्बन्धिको ऐन २०७५ को दफा ४८ अनुसार अति जोखिममा रहेका बालबालिका वडा बालअधिकार समितिको सिफारिसमा खाद्यन्न वितरण गरिएको अध्यक्ष रावलले बताईन् ।
वडाबाल अधिकार समितिको सिफारिसमा अति जोखिममा रहेका बालबालिका र उनका आफन्तलाई चामल, दाल, तेल लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको भिडिसेफ नेपाल कालिकोटका व्यवस्थापक राजेन्द्र सहकारीले बताए ।
कर्णालीपाटी । १९ श्रावण २०८१, शनिबार ०९:५४