५ कार्तिक २०८१, सोमबार

प्रहरी इन्चार्जले घुसमा मागे ५ किलो आलु, ३ किलोमा कुरा मिल्यो


एजेन्सी । भ्रष्टाचारीले भ्रष्टाचारका अनेक उपाय अपनाउँछन् । जसमा उनीहरूले विभिन्न प्रकारका धन सम्पत्ति जोड्ने वा रकम लेनदेन गर्छन् । तर, भारतका उत्तर प्रदेशमा अनौँठो घुसकाण्ड सार्वजनिक भएको छ ।

उत्तर प्रदेशको कन्नौज जिल्लामा एकजना प्रहरीले घुसमा ५ किलो आलु मागेका छन् । जसका कारण उनको पद खोसिएको छ ।

कन्नौजको सौरिख थाना क्षेत्रको चपुन्ना प्रहरी चौकीमा इन्चार्जको रुपमा खटिएका रामकृपाल सिंह र एकजना व्यक्ति एउटा मुद्दा सल्टाउनका लागि मोबाइल फोनमा कुराकानी गर्दै थिए । जसमा प्रहरी चौकी इन्चार्ज सिंहले घुसको रुपमा ती व्यक्तिसँग ५ किलो आलु मागेका थिए। तर, ती व्यक्तिले २ किलो आलु मात्रै दिन सक्ने बताएका थिए । व्यक्तिको कुरा सुनेर रिसाएका प्रहरी चौकी इन्चार्ज सिंहले पछि ३ किलो आलु दिए मात्रै कुरा मिल्ने बताएको अडियो भाइरल बनेको छ ।

उक्त घटना पछि कन्नौजका प्रहरी उपरिक्षक अमित कुमार आनन्दले सिंहलाई निलम्बित गरिदिएका छन् ।