३ कार्तिक २०८१, शनिबार

हुम्ला जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि सुर्खेत ल्याइयो


सुर्खेत । हुम्लाको चङ्खेली गाउँपालिकामा बुधबार बिहान बोलेरो जिप दुर्घटना घाइते भएकालाई उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर सुर्खेत ल्याइएको छ । कर्णाली प्रदेश२००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको थियो ।
चंखेली गाउँपालिका– २ का सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही, मुगु छायानाथ रारा नगरपालिका रमेश मल्ल, पृथ्वी रावललाई सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।
चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्द बताए ।