२ कार्तिक २०८१, शुक्रबार

अन्तर प्रदेशीय सडक निर्माणमा ३ कराेडभनदा बढी रकम बिनियाेजन


कालीकाेट: सुदूरपश्चिम प्रदेश सरकारले अन्तर प्रदेशीय सडकमा बजेट बिनियाेजन गरेकाे छ ।
सुदूरपश्चिम सरकारले भर्खरै पारित गरेकाे बजेटमा अन्तर प्रदेशीय सडकलाई प्राथमिकताका साथ करिब ३ कराेड ५० लाख बजेट बिनियाेजन गरेकाे हाे । सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाहले अन्तर प्रदेशीय सडकका लागि कर्णाली प्रदेशकाे कालीकाेट जिल्लाकाे नरहरिनाथ गाउपालिका जाेड्नका लागि बजेट बिनियाेजन गरेकाे मुख्यमन्त्रीका स्वकिय सचिव देवानन्द जैशीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशकाे अछाम जिल्लाकाे भानाकोटबाट नरहरिनाथकाे खुलालु सडक खण्डको लागी २ करोड, जोगिबर्सालेदेखि लालु बल्लेखण्डको लागी १ करोड र रामारोसन देखि कालिकोट माल्कोट सडकमा ५० लाख बजेट ब्यबस्थापन गरिएको सुदुरपश्चिम प्रदेश सरकार मुख्यमन्त्रीका स्वकीय सचिव देवानन्द जैशीले बताए ।
उनले भने, सुदूरपश्चिम प्रदेशबाट कर्णाली प्रदेशकाे कालीकाेटकाे नरहरिनाथलाई सडक संजालमा जाेडेर ब्यापारिक हब बनाउने उद्देश्यले बजेट बिनियाेजन गरिएकाे हाे । आगामी बर्षदेखि अक्षामका नागरिकलाई कालीकाेट र कालीकाेटका नागरिकलाई अछाम आवत जावतमा सहजता आउने छ ।