१० बैशाख २०८२, बुधबार

खाँडाचक्र नगरपालिकामा तालाबन्दी


कालीकोटः सदरमुकाम मान्ममा रहेको खाँडाचक्र नगरपालिकामा करार कर्मचारी र स्थानीय नागरिकले तालाबन्दी गरेका छन् । नगरपालिकाबाट संचालित योजनाको समयमै भुक्तानी नभएको र करार कर्मचारीले सेवा सुविधा नपाएको भन्दै नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
१ सय २६ जना करार कर्मचारी मध्ये नगरप्रमुख कमलबहादुर शाहीका आफ्न्त ५ जनाले समयमै सेवा सुविधा पाएको र अन्य १ सय २१ जना कर्मचारीले साउनदेखि तलव नपाएका कारण नगरपालिकामा ताला लगाउन बाध्य भएको कर्मचारी खेमराज पाण्डेले बताए ।
पहिले त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत नहुँदा हामीले केही बोलेर्नौ काममा पेलिर्यौ तर अहिले सवै हुदा पनि सेवा सुविधा पाउन सकिएन, केही करारका कर्मचारीले ९ महिनादेखि सेवा सुविधा पाएका छैनन् भने केहीले २१ महिना देखि सेवा सुविधा लिएका छैनन् । अहिले हामी बाध्य भर्यौ पाण्डेले भने ।
गतवर्षदेखिको योजनाको भुक्तानी लिन बाकी रहेको खाडाचक्र नगरपालिका ५ का प्रेमबहादुर शाहीले बताए । उनले योजनाको रकम समयमा भुक्तानी नहुँदा ताला लगाउन परेको बताए । होटलको महंगा विलको भुक्तानी गर्ने, जनप्रतिनिधिको सेवासुविधा दिने तर उपभोक्ता समितिले गरेको कामको भुक्तानी नदिएपछि करार कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी मिलेर ताला लगाएको बताए ।
उनले जनप्रतिनिधि जनताप्रति उत्तरदायि नभएकाले राजीनामा समेत माग गरे । खाडाचक्र नगरपालिकाले योजनाको समयमै भुक्तानी दिन नसक्नु विडम्बना भएको नागरिकले बताएका छन् । खाडाचक्रका स्थानीय नागरिकले उपप्रमुख गणेशबहादुर शाहीलगायतका जनप्रतिनिधिलाई राजीनामा दिन माग गरेका छन् ।
सेवाग्राही र करार कर्मचारीले गरेको तालाबन्दीमा खाडाचक्र नगरपालिका ४ का वडाध्यक्ष प्रभानन्द्र आचार्ययले ऐक्यवद्धता जनाएका छन् । उनले नागरिक र कर्मचारीलाई ताला नखोल्न आग्रह गरे । उनले लेखा आएको दुई महिना भयो उपभोक्ताको काम हुर्दैन व्यक्तिगत विलको भुक्तानी भएकाले विरोध गर्नु स्वभाविक भएको बताए ।