४ पुष २०८२, शुक्रबार

बिधालयलाई कम्प्युटर हस्तान्तरण


कालीकाेट: नेपाल ईन्भेस्टमेन्ट मेगा बैक लिमिटेड कालिकोट शाखाले सस्थागत सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउपालिकाकाे मङलासैनी माध्यमिक बिधालयलाई कम्प्युटर सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकाे छ ।
नेपाल ईन्भेस्टमेन्ट मेगा बैकका शाखा कालीकाेटका प्रमुख राेहन कुमार बिष्टले एक लाख पन्चानब्बे हजार बराबरको ४ थान कम्युटर र शैक्षिक सामाग्री हस्तान्तरण गरेकाे बताए ।

कम्प्युटर वितरण गर्दै शाखा प्रमुख बिष्टले कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए । यस कार्यक्रमले साधन र स्रोत कम भएका विद्यालयलाई गरेको सहयोग महत्वपूर्ण भएको उनको भनाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुर्गम भेगका साधन र स्रोत कम भएका विद्यालयहरुले पेस गरेको प्रस्तावनाका आधारमा छनोट गरी कम्प्युटर उपलब्ध गराएको बिष्टकाे भनाई छ ।
१लाख ९५ हजार बराबर कम्प्युटर र शैक्षिक सामाग्री बुझ्दै मंगला शैनी माध्यमिक बिधालयका अध्यक्ष लालबहादुर भण्डाराले खुसि ब्यक्त गरे । उनले शिक्षाजस्ताे पबित्र संस्थामा बैकले सहयाेग गर्दा बिधार्थीकाे पढाईमा गुणस्तर बृद्दी हुने बताए ।