४ पुष २०८२, शुक्रबार

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन बर्दिवासमा हुने


काठमाडौ । लोक तथा दोहोरी गीतका कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन महोत्तरीको बर्दिवासमा हुने भएको छ ।
प्रतिष्ठानकाे साेमबार बसेकाे महाधिवेशन आयाेजक उपसमितिले महाधिवेशन महाेत्तरीकाे बर्दिबासमा गर्ने निर्णय गरेकाे हाे । प्रतिष्ठानका अध्यक्ष रीता थापामगरको संयोजकत्वमा गठित उक्त समितिमा पशुपति शर्मा र सुवास केसी सदस्य रहेका छन् ।
आगामी फागुन १ गतेदेखि ३ गतेसम्म हुने महाधिवेशनमा देशभरबाट एक हजार पाँच सय सदस्य बर्दिवासमा भेला हुनेछन् । महाधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।