७ बैशाख २०८१, शुक्रबार

कैदि बन्दिहरुलाई खेल सामाग्री बितरण


कालीकोट । कालीकोट जिल्ला कारागारमाका कैदि बन्दिहरुलाई खेल सामाग्रि तथा दैनिक उपभोग्य सामाग्रि बितरण गरिएको छ । जिल्ला खेलुकद बिकास समिति कालीकोटका अध्यक्ष ऐनबहादुर शाहीले जिल्ला कारागार कालीकोटका नाइके लक्ष्मणबहादुर शाहीलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

एउटा भलिबल, दुई ब्याड्मिन्टन, एक चेस, एक लुडो, एक भलिबल जालिका साथै कारागारमा रहेका कैदि बन्दिहरुलाई ५८ थान दन्तमञ्जन, ५८ थान ब्रस र ४ दर्जन केरा हस्तान्तरण गरिएको छ ।

जिल्ला कारागार कालीकोटमा १५ पुरुष १० जना महिला बस्ने क्षमता भए पनि हाल त्यो भन्दा दोब्बर बढि कैदि बन्दि बस्दै आएका छन् । पुरुष महिला गरि २५ जना क्षमता रहेको कारागारमा हाल ४४ जना पुरुष, ५ जना महिला र १ नाबालक गरि जम्मा ५० जना कैदि बन्दि बस्दै आएको निमित्त जेलर महोनप्रसाद शर्माले बताए ।