४ जेष्ठ २०८१, शुक्रबार

बझाङ्मा एकल पुरुषलाई पनि भत्ता बितरण



बझाङ् । बझाङ् जिल्लामा पहिलो पटक एकल पुरुषलाई प्रोत्साहन भत्ता दिइएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ७ वडा कार्यालयले पहिलो पटक एकल पुरुषलाई प्रोत्साहन भत्ता दिएको हो । राज्यले एकल महिला, दलित, बालबालिका लगायतका लक्षित वर्गलाई प्रोत्साहन भत्ता विरण गर्दै आएको भएपनि एकल पुरुष भने सेवाबाट बञ्चित बन्दै आइरहेका बेला यहाँ भने भत्ता दिन थालीएको हो ।

राज्यले एकल पुरुषका समस्या समाधान गर्नका लागि ठोस नीति लागु नगरेकाले तथा एकल पुरुषका विभिन्न समस्या समाधान गर्ने उद्देश्यका साथ वडामा रहेका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिएर सम्मान गरिएको वडा अध्यक्ष हरिचन्द जोशीले जानकारी दिए । वडामा रहेका एकल पुरुषको तथ्याङ्क संकलन गरि प्रतिव्यक्ति २५ सय रुपैयाँका दरले रकम वितरण गरिएको उनको भनाई रहेको छ ।

हाललाई वडा नम्बर ७ को सुबेडामा मात्रै लागु गरीएपनि अन्य वडाहरुमा समेत एकल पुरुषलाई प्रोत्साहन भत्ता बितरण गर्ने योजना रहेको नगरपालिका मेयर बिरेन्द्र खड्काले बताए । नगरपालिकामा करिब ३०० एकल पुरुष रहेका छन् ।