४ जेष्ठ २०८१, शुक्रबार

सडक नाटकमार्फत बालपोषण सुधारको सन्देश


कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा सडक नाटक मार्फत बाल पोषण सुधार अभियान थालिएको छ । सेभ द चिल्डे«न र भिडिसेफ नेपालको साझेदारी तथा तिलागुफा नगरपालिकाको समन्वयमा नगरमा सञ्चालन गरिएको शुभारम्भ परियोजना मार्फत वडा वडामा सडक नाटक प्रदर्शन गरी बाल पोषण सुधार अभियान थालिएको हो ।
भिडिसेफ नेपालकी शुभारम्भ परियोजना संयोजक सन्ध्या सुवेदीले सेफ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा सञ्चालित सुभारम्भ परियोजनामार्फत ३ वर्षमुनीका बालबालिकाहरुको स्वास्थ्य तथा पोषण, प्रारम्भिक उत्प्रेणा र बाल संरक्षण सम्बन्धि बालवालिकारुको तेजिलो मस्तिष्क वृद्धिका लागी तिलागुफा नगरपालिका सबै वडामा सडक नाटक प्रदर्शन गरिएको हो ।
सडक नाटक कार्यक्रममार्फत जनचेतना फैलाउने कार्यक्रममा ४ हजार ४ सय ४५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सुवेदीले बताईन् । सडक नाटकमा गर्भवती महिलादेखि ३ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य तथा पोषण, प्रारम्भिक उत्प्रेणा र वाल संरक्षण विषयलाई मुख्य विषयबस्तु बनाएर जनसन्देश दिएको थियो ।तिलागुफा नगरपालिका उप प्रमुख दर्शना नेपालीले नगरका ग्रामीण समुदयमा रहेको अशिक्षा, जनचेतनाको अभाव, परम्परागत कुसंस्कार, अभिभावकको लापर्वाही, कामको चाप लगायतका समस्याका कारण अधिकांश बालबालिकाहरुमा कुपोषणको समस्या रहेको बताउँदै यसका लागि सबैको सामुहिक अभियान आवश्यक रहेको बताईन् ।
तिलागुफा नगरपालिका प्रमूख रतनबहादुर शाहीले सेभ द चिल्डे«न, भिडिसेफ नेपालको सहयोगमा तिलागुफा नगरपालिकामा रहेका ३ बर्षमुनीका सबै बालबालिकालाई कुपोषणमुक्त बनाईने बताए । हरेक वडा वडामा प्रदर्शन गरिएको सडक नाटक प्रदर्शन कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, स्वास्थ्य तथा अन्य सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधीहरु, विद्यार्थी, राजनैतिक दलका प्रतिनिधीहरु र स्थानीय जनसमुदायको सहभागीता रहेको थियो ।