२१ बैशाख २०८१, शुक्रबार

युवा उद्यमीलाई सामाग्री वितरण


कालीकोटः सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामिण विकास तथा प्रर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोटद्धारा जिल्लाको तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाले विभिन्न व्यवासाय सम्वन्धी तालिम लिएर उद्यमी बन्नेहरुका लागि औजार तथा उपकरण हस्तान्तरण गरेको छ ।
भिडिसेफ नेपालबाट संचालन भएको तीन महिने तालिममा सहभागि भएर उद्यमी बन्न चाहाने युवा युवतीहरुलाई औजार तथा उपकरण सहयोग गरेको हो । युवाहरुको क्षमता अभिबृद्धि मार्फत रोजगारी तथा व्यवसाय विकासका लागि संचालन गरिएको व्यटिपार्लर, हेयर कटिङ, डकर्मी, फनिचर, पलम्बर, सिलाई कटाई, मोवाई मर्मत अटो मोवाइल्स तालिम लिएका करिव ४५ जना युवायुवतीलाई औजार हस्तान्तरण गरिएको हो ।


ग्रामिण विकास तथा प्रर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपाल कालीकोटका अध्यक्ष मीनबहादुर बोगटीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि औजार हस्तान्तरण गरिएको हो । औजार हस्तान्तरण गर्दै बोगटीले तालिम लिएर सामाग्री निशुल्क पाउनु राम्रो कुरा भएको बताए । उनले अहिले देशमा बेरोजगारीको समस्या भएकाले युवाहरु दिनप्रतिदिन बैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएर काम गर्न बाध्य भइरहेका बेला जिल्लाका दुई वटा स्थानीय तहका ४५ जनाले जिल्लामा नै रोजगार गर्नु राम्रो कुरा भएको उनको धारणा थियो । आ–आफ्नो घरमा उद्योग तथा व्यावसाय संचालन गरि स्वरोजगार बन्न युवाहरुलाई आग्रह समेत गरे ।
विदेशमा गर्ने दुख स्वदेशमै गरेमा विदेशको भन्दा बढी रकम कमाउन सकिने अध्यक्ष बोगटीले बताए ।


उनले युवाहरुले लिएको तालिमले थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने भएकाले युवाहरु अव आफै स्वरोजगार बन्न तिर अग्रहसर हुनुपर्नेमा जोड दिए । तालिम र सामाग्री मात्र लिएर नहुने भएकाले तालिमलाई व्यवहारमा लागु गरी सफल व्यवसायी बन्नका लागि बोगटीले शुभकामना समेत दिए । सामाग्री हस्तान्तरण गर्दै युवा सशक्तिकरण बुलगारी परियोजनाका परियोजना संयोजक भुपालसिंह बोहराले सन २०१६ देखि संचालित परियोजनाले जिविकोपार्जन युवा सशक्तिकरण, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको बताए । उनले कार्यक्रम लागुभएदेखि १०० जना भन्दा बढी १८ वर्ष पुरा भइ २२ वर्ष ननाघेका युवायुवतीहरु व्यवसायी भइसकेको जनाए ।
तालिम पछि युवायुवती अन्योलमा नपरुन् भनि तालिम सहित सामाग्री हस्तान्तरण गरिएको भिडिसेफ नेपालका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले बताए । उनले सानो सहयोगले सफल व्यवसायी बनि युवाहरु आत्मनिर्भर बन्न सकुन भने तालिम सहित सामाग्री उपलव्ध गराएको बताए । स्थानीय तहको समन्वयमा सामाग्री सहित युवा छनोट गरि तालिम दिएकाले सवै युवाहरुले सामाग्री अन्यन्त्र विक्री नगरि व्यवसायमा लाग्न आग्रह समेत गरे ।