४ बैशाख २०८२, बिहीबार

हुम्लाको चंखेलीमा पहिलो पटक चार पाङ्ग्रे सवारी साधन सरर


हुम्ला:   जिल्लामा पर्ने चंखेली गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । नेपाल सरकारको समन्वय बेलायती सरकारको अनुदानमा संचालित ग्रामिण पहुँच कार्यक्रम ¥याप थ्री आर्थिक र प्राविधिक सहयोगमा सडक निर्माण भए संगै चंखेली गाउँपालीका सडक सञ्जालमा जाडिएको हो । मुगुको सदरमुकाम गमगढी हुर्दै अव हुम्लाको चंखेली गाउँपालिकासम्म चार प्राङग्रे गाडी चंखेली गाउँपालिका सम्म पुगेका छन् ।
चंखेली गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीयले खुसीयालीमा फुलमाला बाजाँगाजाले स्वागत गरेका हुन् । कर्णाली प्रदेशकै विकट जिल्ला हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म गाडि पुगेपछि गाडी हेर्नेको भिड लागेको थियो । नेपाल सरकारको समन्वयमा बेलायत सरकारको अनुदान सहयोगमा संंचालित परियोजनाले मुगुको गमगढी देखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्म जम्मा ६७ किलोमिटर सडक निमार्ण गरेपछि गाडि पुगेको हो । सडक संजालमा नजोडिएको हुम्ला जिल्लालाई सडक संजालमा जोड्नका लागि परियोजनाले उल्लेखनीय भुमिका खेलेको स्थानीयले बताएका छन् ।
हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा हेलिकप्टरबाट ढुवानी गरिएका जीपहरु फाटफुट संचालनमा भइरहेका भएपनि मुगुको सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको मेल्छमसम्म चारपाङ्ग्रे सवारी साधान पहिलो पटक गुडेको हो । पहिलोपटक चंखेली गाउँपालिकाको मेल्छमसम्म परियोजनाले जीप र मोटरसाईकलहरु पु¥याएपछि त्यहाँका स्थानीय फुलमाला अविरले सम्मान गरेका छन् । ग्रामिण पहुँच कार्यक्रमका टिम लिडर कष्टिन मेरिलिजको टोलीले गाडि पु¥याएपछि चंखेली गाउँपालिकाका उपाध्यक्ष र जाडिकौशी सामुदायिक वनका पदाधिकारीहरुले ग्रामिण पहुँच कार्यक्रमको सिंगो टिमलाई स्वागत गरेका हुन् ।
गाउँपालिकामा गाडि पुगेपछि स्थानीय उत्पादनका रुपमा सडेर जाने स्याऊ, आलु, ओखर सिमी, लोपन्मुख अवस्थामा पुगेका खाद्यबाली, पशुपालनको तथा जडिबुटी बजारीकरणमा सहयोग पुग्ने गाउँपालिकाका उपाध्यक्ष बिमला शाहीले बताईन् । उनले गाउँगाउँमा सिहदवार आएको नागकिरले महसुष गरेको भन्दै अव यहाँ उत्पादित बस्तुलाई सुर्खेत नेपालगन्ज बुटवल बजारमा विक्रीवितरण गर्न सकिने औल्याइन् ।


११ वटा एक्साभेटर मेसिन र १४३८ कामदार सदस्यहरु परिचालन गरि परियोजनाले उक्त सडक निर्माण कार्य भईरहेकोले स्थानीय स्तरमा स्वरोजगार सृजना, महिला सशक्तिकरण र गरीवी न्यूनीकरणमा परियोजनाले महत्वपूर्ण भूमिका खेलेको उपभोक्ता समितिका अध्यक्ष धनपति बोहोरा बताए । करीव २ अर्ब १६ करोडको लगानीमा निर्माण कार्य भईरहेको यो सडक चंखेली हिमाल भएर जाने यो चंखेली हिमाल, दुदेदह, तातापानी जस्ता बिभिन्न पर्यटकिय स्थलहरुले आन्तरीक र बाहय पर्यटकलाई समेत भित्रयाउनमा सहयोग पुग्ने बोहोराले बताए । कार्यक्रममा बोल्दै ग्रामीण पहँुच कार्यत्रमका डेपुटि टिम लिडर राम प्रसाद थपलियाले परियोजनाको नीति अनुरुप तोकिएको मापदण्ड अनुसारको सडकको निर्माण कार्य गरिसक्ने बताए । हुम्लीबासीको सपना साकार पार्नका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै ¥याप थ्रीका कर्मचारीहरुलाई वडा अध्यक्ष नन्द बहादुर बोहोराले धन्यवाद समेत दिए । उनले सडक निमार्णमा जस्तो चुनौति थपिएपनि आफुले कटिबद्ध भएर सहयोग गर्ने समेत प्रतिवद्धता गरे ।