२२ माघ २०८१, मंगलवार

मोटरसाईकल त्यागि मिल


कालीकोटः जिल्लामा स्थानीय तहका जनप्रतिनिधिहरु सुविधा भोगी बन्दै गइरहेका बेला जिल्लाको महावै गाउँपालिकाका जनप्रतिनिधिले उदारणिय काम गर्न सफल भएका छन् ।
अन्य स्थानीय तहका जनप्रतिनिधिहरुले विलासिताका बस्तु प्रयोग गरिरहेका बेला महावै गाउँपालिकाका जनप्रतिनिधिले विलासीताको बस्तुभन्दा पनि समुदाएका लागि मिल संचालनमा ल्याएका छन् । जिल्लाको महावै गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष रबिन्द शाहिले मोटरसाईकल किन्ने रकमबाट समुदायमा मिल संचालन गरेर उदारणिय काम गरेका छन् । जनप्रतिनिधिहरुको सेवा सुविधाको लागि गाँउपालिकाले, वडा अध्यक्ष शाहिलाई मोटर साइकल दिने निर्णय गरेको थियो, अन्य वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले आफनो अधिकार भित्र रहेको सेवा सुविधालाई प्रयोग गरेपनि वडा नं ६ का अध्यक्ष शाहीले मोटरसाईकलाई अस्विकार गरि आफ्नो वडामा मिल संचालन गर्न सफल भएको हुन् ।
निवार्चनमा जनताका माझमा गरेका प्रतिवद्धतालाई आफुले नर्विसेको वडाध्यक्ष शाहीले बताए । उनले सडक नभएको गाउँपालिकामा मोटरसाईकल चलाउनु भन्दा बरु यसको सट्टा मिल चलाए जनताले सेवा त पाए । अध्यक्ष शाहिले भने, एक देखि दुई दिन सम्म लगाएर अन्न पिस्न खोलामा जानु पर्ने वाध्यता थियो । यस्तो बाध्यताको अन्त्य गर्न मैले मोटर साइकलको साँटो गाँउमा मिल संचालन गरेको छु । गाँउमा वाटो पनि छैन । किन बिलासि बन्ने भन्दै मैले सेवा सुविधा लिइन ।
अहिले वडा नं ६ का समुदायमात्र होइनन्, महावै गाउँपालिका वडा नं ५, वडा नं ७ का जनता मकै, गहुँ, जौँ कोदो र धान कुट्न आउछन । समयको पनि वचत पैसाको वचत र दुखको पनि अन्त्य भएको छ । उनले भने, म जस्तै जनप्रतिनिधि अहिले महंगा मोटरसाइकलमा चढेर सुर्खेत नेपालगंज, काठमान्डौमा विनाकाम घुमफिर गदैछन । आफु भने, रातदिन नभनि जनताको सेवा गरिहेको छु । आफै अन्न पिस्छु । सहयोगि पनि राखेको छैन । तर मलाई भने, बिनाकाम घुम्ने, भत्ताखाने, बिलासिताका समाग्रि प्रयोग गर्ने त्यस्तो कुराको रहर छैन र आगामि दिनमा हुने पनि छैन ।
अहिले वडा कार्यालयको कामसंगै मिल संचालन गरिहेको छु । राती अन्नपिस्छु भने, दिनमा वडा कार्यालयमा वसि कार्यालयमा सेवा गरि वस्छु । एक किलो अन्न पिसे वाफत तिन रुपैयाँ लिने गरिएको छ । अन्नपिसे वाफतदिने जम्मा रकम वडाको कोषमा जम्मा गरि मेशिन मर्मत र मेशिन चलाउनको लागि जेनेरेटरमा तेल किन्न व्यवस्थापन गरिएको छ । एकदेखि दुईदिन लगाएर अन्न पिस्न खोलामा जानु पर्ने बाध्यताको अन्त्य भएको वडा नं ६ गणेशपुर निवासि स्थानिय पार्वति कुमारि शाहिले बताए । जनप्रतिनिधि हुन त हामो्र वडा अध्यक्ष जस्ता हुन । ४÷५ घण्टाको उकालोको बाटोमा भारि बोकि खोलावाट अन्न पिसेर घरमा ल्याउनु पर्ने वाध्यता थियो । यसको अन्त्य भएको छ । सारै खुसिलागेको छ । गा्रमिण तहमा प्राय जसो घरको चुलोचौकोदेखि वनपाखाको स्याउला सोतर र खोलामा अन्नपिसि ल्याउनु् पर्ने यस्तो वाध्यता वढि जसो महिलाहरुको काँधमा मात्र हुने गरेको छ । उनले भनिन्, यस्ता जनप्रतिनिधिहरु सवै ठाँउमा हुने भएत, विकास, र सम्वृद्धि आउन कुनै दिनबार कुर्र्नै पर्ने छैन । पार्वति मात्र होइनन् यँहाका स्थानिय गाँउमै मिल संचालन भएपछि दिनौ लगाएर दुख कष्ट गरि खोलामा अन्नपिस्नु पर्ने बाध्यताको अन्त्य भएको भन्दै हर्षित भएका छन ।