८ बैशाख २०८१, शनिबार

तथ्यांकमा शिक्षक पुरा विद्यालयमा अपुरा


कालीकोटः जिल्लामा रहेका सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुने गरेको छ ।कालीकाेट  जिल्लामा रहेका सामुदायिक विद्यालयमा दरबन्दीका शिक्षक नियमित नहुँदा पठन पाठनमा समस्या हुर्दै आइरहेको छ ।

राजनीतिक पहुँचका आधारमा खोलिएका विद्यालयमा दरबन्दीका शिक्षक नियमित नहुँदा नीजि स्रोतबाट शिक्षक राखेर पढाउनुपर्ने बाध्यता रहेको छ । सरकारी दरबन्दीका शिक्षक र कालीकोट जिल्लामा स्थापना गरिएका विद्यालयको संख्या बराबर रहेका छन् । जिल्लाका अधिकाँश विद्यालयमा हेर्ने हो भने दरवन्दीका शिक्षक विद्यालयमा पाउन मुस्किल हुने गरेको छ । जिल्लाका सरोकारवाला निकायले गुणस्तरीय शिक्षाको कुरा गरिरहदा यहाँका नागरिकले दरबन्दीका शिक्षकलाई नियमित गराउन आग्रह गरेका छन् ।

कालीकोट जिल्लामा प्राथमिक विद्यालय १ सय ७८ निम्नमाध्यमिक ५१ र माध्यमिक ६५ वटा रहेका छन् । तर यी विद्यालयमा जाने हो भने दरवन्दीका शिक्षक पाउनै गाहे हुने गरेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कालीकोटको तथ्यांक हेर्ने हो भने दरवन्दी अनुसारका शिक्षक रहेको समन्वय इकाईको दावि रहेको छ । केही विद्यालयमा खाली रहेपनि अधिकाँश विद्यालयमा दरवन्दीका शिक्षक रहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख महेश देवकोटाले जानकारी दिए ।

ग्रामिण भेगमा रहेका विद्यालयहरुमा दरवन्दीका शिक्षक नभएको अभिभावकहरुले गुनासो गरेका छन् । ग्रामिण भेगमा अध्ययन गरेका विद्यार्थी र नीजि विद्यालयमा अध्ययन गरेका विद्यार्थीको पढाईको अन्तर हुने भएकाले गुणस्तरी शिक्षा नारामा मात्र सिमित रहेको अभिभावकहरुको भनाई रहेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाले दरबन्दीका शिक्षक प्रयाप्त भएको दावि गरेपनि कर्णालीका विद्यार्थीका लागि राज्यले दिएको दिवा खाजाको रकम भने विद्यार्थीले कहिल्यै पाउर्दैनन् ।

कर्णालीको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि राज्यले कर्णालीका विद्यार्थीलाई नियमिति विद्यालय पढाउनका लागि दैनिक दिवा खाजा बाफत १५ रुपैयाका दरले विद्यार्थीलाई दिदै आएको छ । राज्यले दिएको विद्यार्थीको सेवाका लागि विद्यालयमा विद्यार्थी भर्ना नभएपनि शिक्षकहरुले आफ्नो विद्यालयमा विद्यार्थीको संख्या बढाउने गरेका छन् । दिवा खाजाको रकमले अधिकाँश विद्यालयले शिक्षकलाई तलव खुवाउने भएकाले विद्यार्थीको संख्या बढाउर्दै आएका हुन् । शिक्षकले मासिक रकम अभिभावकलाई वितरण गर्दै आइरहेको बताइरहेका भएपनि विद्यार्थीका अभिभावकले रकम नबुझ्ने नक्कली भरपाई बनाएर शिक्षकलाई नै फिता गर्ने गरेको अभिभावकहरुको भनाई ।