१८ चैत्र २०८१, मंगलवार

पीडितकै कारण उम्काउछन् अभियुक्त


 

 

विस्नप्रसाद न्यौपाने

जिल्लाको नरहरीनाथगाँउपालिका वडा नं. १ गणेशपुर निवासी डिल्ली कामी २०७५ साल पुस १७ गते स्थानिय चने बिष्ट र नरेन्द्र बिष्टद्धारा कुटिए । उनीहरुको निर्माणाधिन घरको दार बोक्नका लागि गवारी नगर्दा  डिल्ली कामीलाई चने बिष्ट र नरेन्द्र बिष्टले दलितभन्दै अपमानजनक शब्दहरुले गालीगर्दै कुटपीट गरे । चने बिष्टका भाईहरुबाट कुटिएका ५७ बर्षिया डिल्ली कामीको एक दाँत नै भाँचिएको थियो । तीनदाँत हल्लिएका छन् । टाउको र शरीरका केहीभागहरुमा चोट पनि लागेको थियो ।

कुटपीटि भएको केहीदिन पछि नरहरीनाथ गाँउपालिकामै लागु भएको जातियबिभेद न्यूनिकरण सम्बन्धिकाम गर्ने साझा आवाज परियोजनाका कर्मचारीले थाहा पाए । उनलाई न्याय दिलाउन जिल्ला सदरमुकाम ल्याई सहयोग पनि गरे । प्रहरीले कुटपीटको मुद्धा जातिय बिभेदमा दर्ता हुँदैन भनेर मुद्धा दर्ता गर्न ढिलाई गरेकाले पीडितले पत्रकार सम्मेलन गरी प्रहरीलाई पनि दबाब दिए । सबैको पहल गरेपछि उनको मुद्धा त्यही पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भई अदालतसम्म पुग्यो । तर उनले मुद्धा हारे । यो मुद्धा जिल्लामै पहिलो जातिय बिभेद तथा छुवाछुत अन्तरगत दर्ता भएको हो ।

मुलुकी अपराध संहिता ऐनी २०७४ को परिक्षेद १० को १६६ दफा अनुसार जातिय भेदभावतथा छुवाछुत र कुटपीट अन्तरगत दर्ता भएको मुद्धा जब अदालतमा बसह सुरु भयो । पीडित र साचिहरु बुझने र बसह गर्ने समय आयो । पीडित आफैले बयान फेरे । उनलाई अदालतमा न्यायधिशको अगाडी प्रस्तुत मुद्धाको बिषयमा के हो खुलाई लेखाई दिनुहोस भन्ने प्रश्नमा पीडित डिल्ली कामीले नै म जाहेरवाला र प्रतिबादी चने र नरेन्द्र बिष्ट समेतसँग सामान्य रुपमा बिबाद भएको हो । जातियबिभेद सम्बन्धि प्रतिबादीहरुले कसुर गरेका होईनन् । रिसको आवेकमा आई मैले प्रहरी कार्यालयमा मुद्धा दायर गरेको हुँ भनेर वकपत्रमा गर्दा भने । उक्त घटनाको साचिदानबहादुर बिकले पनि अदालतमा वकपत्रगर्दा जातिय छुवाछुत सम्बन्धि प्रतिबादीहरुले केहीभनेका होईनन् । सामान्य बिबाद भएको हो भन्ने मैले सुनेको हुँभनेर बयान दिए । जसका कारण प्रहरीले अनुसन्धान गरी सरकारी वकिलले बहस गर्दाका वेला जाहेरवाला र प्रतिबादीहरु सँगै अदालत गएका रहेछन् । जसका कारण मुद्धा हारियो । पीडितकै बयानका कारण पीडकहरु उम्कीए ।

यो एउटा प्रतिनिधिमुलक घटना मात्र हो । जिल्लामा अधिकांश मुद्धाहरुमा पीडितहरुले नै बयान फेर्दा अभियुक्तहरुले उन्मुक्तिपाउने गरेको जिल्लान्यायधिवक्ता दिनेशकुमार रेग्मीले बताए । उनले आफुहरुले अदालतसम्म पुगेका मुद्धाहरुमा दोषीहरुलाई हदैसम्मको कारबाही गर्नका लागि माग दाबी सहित मुद्धा अदालतमा पेश गरे पनि पीडितकै असहयोगका कारण निकै कम मुद्धामा मात्र सफलता पाउने गरेको बताए । उनले भने, कुनै पनि मुद्धाको प्रहरीले अनुसन्धान गर्ने, सरकारी वकिल कार्यालयले अभियोजन गर्ने र अदालतले न्यायदिने हो । तर कालिकोटमा अदालतमा पीडितहरु प्रतिबादीसँगै आउछन र बयान पनि फेछर्न । हामीले गरेको मेहनत सबै खेर जान्छ । पीडित डिल्ली कामीले आफुलाई कुटपीटि र गाली गलैच भएको भएपनि पीडकहरुरुले आफुसँग माफि मागेर गल्तीको स्वीकार गरेपछि आफुले बयान फेरेको बताए । उनले एकै गाँउमा फेरी पनि उनीहरुको सहयोग पनि चाईने । आफुलाई लागेको चोटको उपचार पनि गर्ने सर्तमा उनीहरुलाई उन्मुक्ति दिनकालागि आफुले बयान फेरेको बताए । अहिले आफुले कडाई गरे फेरी उनीहरुको हिंंसाको शिकार बन्ने डरले पनि आफुले उनीहरुलाई माफि दिएको उनको भनाई छ ।

जिल्लाप्रहरी कार्यालय प्रमूख डिएसपी श्यामबाबु ओलीयाले जिल्लामा जातियबिभेद कायमै रहेको बताउदै पीडितहरुलाई न्यायिक प्रक्रियामा सहयोग गर्नका लागि परामर्श गर्नुपर्ने बताए । उनले अहिले जिल्लाप्रहरी कार्यालयले बालबिबाह, बालश्रम, बहुबिबाह, घरेलु हिंसा,महिला हिंसा, जुवातास, घरेलु मदिरा उत्पादन, जातिय छुवाछुत भेदभाव, छाउपडी प्रथा, लागु औषध दुव्र्यशनी लगायतका सामाजिक अपराधहरुलाई पुर्ण रुपमा न्यूनिकरण गर्नका लागि हाम्रो कालिकोट, सुरक्षित कालिकोट अभियान संचालन गरेको बताए । उनले भने, जिल्लामा रहेको सबै किसिमका सामाजिक अपराधहरु बिरुद्ध कडा रुपमा प्रस्तुत हुन्छौ । यसमा सबै सरोकारवालाहरुले सहयोगको अपेक्षा गरेका छौ । प्रहरीले कानुन कार्यन्वयनमा कुनै पनि कसुर बाँकी राख्दैन् । जिल्ला प्रहरी कार्यालयले हालकुनै पनि किसिमका मुद्धाहरु दर्ता गर्न ढिलाई गरेको भन्ने गुनासो गर्न दिएको छैन् । जातियबिभेद सम्बन्धिका मुद्धाहरुमा प्रहरी थप संबेदनशील भएर न्याय निरुपण गर्ने गरिएएको छ ।

दलितअधिकारकर्मी रमेश नेपालीले जिल्लामा जातिय बिभेद तथा छुवाछुतका घटनाहरु व्यापक रुपमा भएपनि कानुनी उपचारका लागि सम्बन्धित ठाँउ नआउने गरेको बताए । उनले भने, करीव १० बर्ष अगाडी चुलो छोएको निहुमा जुविथाका मनबिरे सुनारको हत्या भयो । गतबर्ष मात्र थिर्पुमा धारा छोएको निहुमा दलितहरुका गाग्री तोडफोट गरियो । केहीदिन अगाडी मात्र खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगदिश शाहीले आफ्नो ब्रत छ भनेर दलित जनप्रतिनिधिहरुसँग हात मिलाउन मानेनन् । उनीहरुले पनि मुद्धा हालेनन् । गाँउमा जनप्रतिनिधिबाटै दलित जनप्रतिनिधिहरु बिभेदको सिकार भईरहेका छन् । तर कानुनी उपचारका लागि मुुद्धा दर्ता गर्न प्रमाण चाईन्छ । हात मिलाउन नमानेको प्रमाण कसरी पेश गर्नु समस्या छ । खाँडाचक्र नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष धनसिंह कामीले आफुले जनप्रतिनिधिबाटै बिभेद सहनु परेको बताए । आफुहरुले उठाएका जल्दा बल्दा सवालहरु पनि अन्य माथिल्ला जातका जनप्रतिनिधिहरुले बेवास्तागर्ने गरेको उनको भनाई छ । नगरका कार्यक्रममै खाजा खाने समयमा माथिल्लो जात भनिनेहरुका जनप्रतिनिधिहरु नै म बाट टाढा गएर बस्छन् । वडामा पनि माथिल्लो जातका व्यक्तिहरु आफुहरुले गरेका निर्णयहरु नमान्ने, अवरोध गर्ने गरेका छन् । यसले आफुलाई कामगर्न पनि समस्या भएको छ ।

दलित अधिकारकर्मीहरु राजनीतिक संरक्षणका कारण दलितहरु अन्याय खेप्नु परेको बताउछन् । दलितको हकहितमा लडेका भन्ने दलहरुले नै पीडकलाई संरक्षण गर्दा पीडितहरुले न्याय नपाउने गरेको उनीहरुको आरोप छ । नेपाल दलित समाज कल्याण संघ कालिकोटका अध्यक्ष जयबहादुर बिकले दलित समुदायले भोग्दै आएको सामाजिक बिभेद न्यूनिकरणका लागि राजनीतिक संरक्षण बन्द हुनुपर्ने बताए । दलित समुदाय बिभिन्न राजनीतिक दलका भोट बैकका रुपमा प्रयोग हुने तर अन्यामा पर्दा उपेक्षामा पर्ने गरेको उनको भनाई छ । जिल्लामा जातिय बिभेद तथा छुवाछुत व्यापक रुपमा रहेको बताउदै यसलाई उन्मुलनका लागि सबैले ऐक्यबद्धता जनाउनुपर्ने उनले बताए ।

जिल्लाबारका अध्यक्ष दमनराज बमले जातिय बिभेद उन्मुलनका लागि स्थानिय स्तरमा जन चेतनाका साथै कानुनी व्यवस्थाका बारेमा जानकारी गराउनुपर्ने बताए । उनले भने, गाँउमा शिक्षित, सचेत र नेतृत्वतहमा रहेका व्यक्तिहरुबाटै दलित समुदायहरु बिभिेदको शिकार भएका छन् । तत्कालिन माओबादीले सुरु गरेको जनयुद्धका बेलामा घरमा आएर भाँँन्छामा खानाखाने दलित अगुवाहरु पनि अहिले शान्ति प्रक्रियामा आएर घर भित्र जाँदैनन् । उनीहरुलाई पनि सार्बजानिक स्थानमा समेत बिभेद गर्ने गरिएको छ । उनले आफुले बिपन्न दलित पीडितले मुद्धा लेखि माग्नका लागि आएमा निशुल्क कानुनी सेवादिने बताए । बार अध्यक्ष बमले विगतमा दलित समुदायहरु बिभेदमा परेका घटनाहरु बाहिर नआउने गरेको बताउदै अहिले जिल्लामा साझा आवाज परियोजनाले बिभेदको शिकारमा परेका दलित समुदायका सवालहरु बाहिर ल्याउन थालेको बताए ।