९ जेष्ठ २०८१, बुधबार

मानवअधिकार संरक्षणका लागि चार बुँदे प्रतिवद्धता


कालीकोटः जिल्लाको खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्न यहाँका जनप्रतिनिधि र सरोकावलाहरुले चार वुँदे लिखित प्रतिवद्धता जनाएका छन् ।
इन्सेक कालिकोटको आयोजनामा आज जिल्ला सदरमुकाम खाँडाचक्रमा आयोजित मानवअधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी नगर उपप्रमुख विजया विष्ट, नगर प्रवक्ता पुष्पराज गिरी, वडाध्यक्ष देउसिंह विक, धनसिंह कामी लगाएतले प्रतिवद्धता जनाएका हुन ।
इन्सेक जिल्ला प्रतिनिधि कालीवहादुर मल्लको अध्यक्षतामा आयोजित अन्तरक्रियामा, नेकपा, नेपाली काग्रेस, संघिय समाजवादी पार्टी लगाएतका राजनीति दलका प्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा खाडाँचक्र नगरपालिकाभित्रका शिक्षकहरुको अनियामिता, गुणस्तरहिन शिक्षा, समयमै पाठ्यपुस्तक नपुग्ने र विद्यालयमा आवश्यक शिक्षक दरवन्दि नभएका कारण बालबालिकाहरुको पठनपाठनमा समस्या रहेको हुनाले समाधानका लागि स्थानीय सरकार तथा सरोकावालाले प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रमा रहेका स्वास्थ्य चौकी, अस्पतालमा आवश्यक उपकरणको कमि भौतिक संरचनाको अभाव तथा औषधी समेतको समस्या रहेकाले समस्या समाधानका लागि स्थानीय सरकाले तत्काल पहल गर्ने ।
नगरपालिकाभित्र आवासविहिनका लागि सरकारले जनता आवास कार्यक्रम ल्याई कार्यन्वयन भएपनि वास्ताविक घरवार नभएकाहरुले नपाउने र वनाउन लागिएका घरहरुमा पनि ढिलासुस्ती रहेकाले तत्काल वास्तविक घर नभएकाहरुको घरआवास वनाउन स्थानीय सरकाले पहल गर्ने । यस्तै विषाक्त आयातित खाद्यन्नवाट स्थानीय नागरिकको स्वास्थ्यमा असर पर्ने भएकाले स्थानीय उत्पादित खाद्यवस्तुको उपभोका लागि सवै सरकारवालाहरुले प्रोत्साहित गर्ने प्रतिवद्धता जनाएका छन् ।