२ बैशाख २०८२, मंगलवार

कालीकोटको पहिचानका लागि “घुम्न कालीकोट” को छायाकंन सुरु


कालीकोट:       साहित्यकार कृष्णराज धमालाको शव्द रचनामा रहेको घुम्न कालीकोट गितको छायाकंन सुरु गरिएको छ । कालीकोटको पर्यटन प्रबद्र्धनका साथै जिल्लाको पहिचान बनाउनका लागि रचित उक्त गितको आईतबारदेखी छायाकंन सुरु गरिएको हो ।
उक्त गितमा राष्ट्रगुरु योगी नरहरिनाथको चर्चा गरिएको छ । योगी नरहरिनाथको जन्म कालीकोट जिल्लाको साविकको लालु गाउँ विकास समितिमा भएको थियो । उनको प्रचार प्रसारका लागि कालीकोटमा पहिलो पटक गितको छायाकंन गरिएको हो ।
जिल्ला समन्वय समितिको सहयोगमा छायांकन हुन लागेको उक्त गितले राष्ट्र गुरु योगी नरहरिनाथ पश्चिम नेपालको इतिहास अध्यायनका लागि प्रथम पुरुष भएकाले विश्वले चिन्न सकेका राष्टगुरुलाई कालीकोटले चिन्न नसकेकाले गित मार्फत प्रचारप्रसार गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए । उनले भने, ‘पश्चिम नेपालको इतिहाससँग सम्बद्ध दस्ता वेजहरू राष्ट्रगुरु योगी नरहरिनाथलाई शास्त्री, वेद विद्यालंकार, आसुकवि, धर्म शास्त्राचार्य, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, थुप्रै भाषाका ज्ञाता, ४५ वटा लक्षहोम १२९ वटा कोटिहोम र ५ वटा शिवयज्ञकर्ता, गोभक्त, आजीवन–विद्यार्थी, आजीवन–पदयात्री, आजीवन–योगाभ्यासी, आजीवन–स्वयम्सेवक, आजीवन–परोपकार परायण, विश्वशान्ति –विश्वकल्याण परायण, आबाल ब्रह्मचारी, शतशहस्र तीर्थयात्री, भारद्वाजगोत्रीय ऋषि, हिन्दु राष्ट्रगुरु, वनस्पति परिचयज्ञ, साहित्यिक राष्ट्रिय संस्था संस्थापक, विश्वहिन्दु महासंघ संस्थापक, पञ्चभाषा विश्वविद्यालय प्रस्तावक लगायतका विशेषताले चिनिएका योगीको सम्मानका लागि गित निकालिएको हो ।’
कालीकोटको पर्यटन प्रवद्धका लागि घुम्न कालीकोट उत्कृष्ठ गित हुनेमा आफु विशवस्त रहेको शाहीले बताए । घुम्न कालीकोट गितमा स्वर महेन्द्र शाही रास्कोटीको रहेको छ, लय राजेन्द्र शाह विपीले गरेका छन् भने अभिनय चर्चित मोडल बिमल अधिकारी र आशा शाहीको रहेको छ ।