१४ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेसको बैठक सम्पन्न


कालीकोट:   नेपाली काँग्रेस क्षेत्र नं २ को बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसलाई आगामि निर्वाचनमा पहिलो पाटी बनाउनका लागि क्षेत्र नं २ ले विभिन्न अभियान संचालन गरेसंगै नेपाली काँग्रेस क्षेत्र नं २ को बैठक सान्नित्रिवेणी गाउँपालिका साविकको रकु गाउँविकास समिति हालको वडा नं २ मा सम्पन्न भएको हो ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति दमनबहादुर शाहीको अध्यक्षता तथा महासमिति सदस्य मोतिराज बमको उपस्थितिमा बसेको बैठकले अव काँग्रेसलाई कालीकोटमा पहिलो पाटी बनाउका लागि सवै नेता कार्यकता लागी पर्ने, प्रदेशसभा स्तरीय प्रशिक्षण संचालन गर्ने, कालीकोट जिल्लामा पछिल्लो समय नेकपाको दुई तिहाईको सरकारले विनियोजना गरेका योजनाहरुमा जिल्लामा आफ्ना कार्यकतालाई पाल्ने काम गरेकाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबाट संचालित योजनाको अनुगमन गर्दै जनविरोधि कार्यको भण्डाफोर गर्ने लगायतका निर्णय गरेको छ ।


बैठकमा उपस्थित काँग्रेसका महासमिति सदस्य मोतिराज बम र बैठक सम्पन्न गर्नका लागि सहयोग गर्ने मानबहादुर विष्टलगायतका कार्यकतालाई धन्यवाद दिदै नेपाली काँग्रेस क्षेत्र नं २ का सभापति दमनबहादुर शाहीले अव काँग्रेसले एक ढिक्का भएर संगठन विस्तार तिर लाग्नुपर्ने बताए । उनले भने, ‘आगामि निर्वाचनमा काँग्रेसलाई पहिलो पाटी बनाउका लागि पहिले संगठन बलियो हुन आवश्यक छ ।’