३१ बैशाख २०८१, सोमबार

बीमा दाबी रकम हस्तान्तरण



सुर्खेत ९ फागुन ।
युनाईटेड ईन्स्यारेन्स कम्पनीको शाखा कार्यालय कर्णाली प्रदेश सुर्खेतले गत मंसिर १० गते दैलेखको गुराँस गाउँपालिका –४ गाग्रामा दुर्घटना भएको बुलबुले यातायात प्रा.लि सुर्खेतको भे १ च १०२९ नम्बरको हाईस (फोर्स) दुर्घटनामा परी मृत्यु भएका मृतकका आफन्तलाई बिहीबार बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
कम्पनीका सुर्खेत शाखाका प्रमुख धीरेन्द्रबहादुर शाहीले बुलबुले यातायात प्रा.लि. सुर्खेतका अध्यक्ष लोकबहादुर ठाडा मगरलाई मृतकका आफन्तलाई बुझाईदिने भनि एकमुष्ट रु. १५ लाखको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनामा परि बर्दिया मधुवन नगरपालिका –६ का २९ बर्षिय नाम बडुवाल उनकी श्रीमति २७ बर्षिय कमला बडुवाल र सुर्खेत बीरेन्द्रनगर नगरपालिका –४ तातोपानीका ५७ बषिय थिरे सुनारको मृत्यु भएको थियो ।