२ जेष्ठ २०८१, बुधबार

जुनार खेतीबाट मनग्य आम्दानी


कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिका–११ बरातु निवासी विरु भारती यो वर्ष जुनार खेतीबाट भएको आम्दानीबाट मख्ख परेकी छन् ।
बारीमा लटरम्म फलेको जुनार विक्रीबाट मनग्य आम्दानी भएपछि उनको मुहार हसिलो भएको छ । गहुँ फलाएर खान बाहेक अरु नपुग्ने बारीमा जुनारबाट भएको झण्डै चार लाखको आम्दानीले उनको जीवनमा कायापलट गरि दिएको छ । एकसय बोटभन्दा बढि जुनार, १ सय बोटभन्दा बढी सुन्तला रहेकोमा उनको वार्षिक आम्दानी तीनदेखि चारलाखसम्म हुने गरेको छ । अहिले बरातुमा मोटरबाटो पुगेको भएपनि नियमित मोटर नचल्दा ढुवानीमा समस्या हुने गरेको भारतीले बताइ्न ।


‘जुनारबाट मजासँग आम्दानी लिन थालेको उनले त्यस्तै ५ वर्ष भएको छ । पहिले त खान र आफ्न्तलाई कोसेलीका रुपमा दिन बाहेक आम्दानी हुन्थ्येन उनले भनिन्, ‘जव बजारमा जुनार विक्रिका लागि डोकोमा बोकेर जान थाले आम्दानी पनि राम्रै भएको छ ।’ उनले थपिन्, ‘जुनारको बजार सदरमुकाम मान्ममा थियो’, पहिलाको कुरा सुनाउदै कृषक भारतीले भनिन्, ‘जुनारको व्यापार गर्न थालेपछि आफ्ना बालबच्चाको पढाईको भाग लगाएको छु, छोरालाई मैले पढाउने गरेको छु भने छोरीलाई बाबाले पढाउछन् ।’ अहिले छोराको माध्यामिक शिक्षा सकेर उच्च शिक्षाका लागि जापान पठाईसकेको भारतीले बताइन् । अन्य आम्दानीको स्रोत कुनै पनि नभएपनि जुनार खेतीबाट परिवार पाल्न सहज भएको भारती बताउछिन् । अहिले विक्रिका लागि मान्म बजार पु¥याएको जुनारको १ दानाको १० रुपीयाले विक्रि गर्दै आइरहेकी छन् । भने कतिपय व्यापारीहरु बोटमै आएर खरिद गर्ने गरेको उनको भनाइ छ ।
‘अहिले त कहाँ हो कहाँ पहिलाको कुरा सम्झियो भने त उदेक नै लाग्छ’, जुनारको आम्दानीको बयान सुनाउने क्रममा भारतीले भनिन् । बगैंचामा भएको १ सयबोट जुनारबाट यो बर्ष मनग्य आम्दानी लिएकी छु । ‘अहिलेको साल १० रुपैंया दानाभन्दा घटेर दिनु परेन, पहिले पहिले मुस्किलले विक्री हुन्थ्यो’ उनले सुनाइन् । ‘राम्रो मूल्य र बजार सजिलै पाइने भएकाले जुनारका बोट दोव्वर बनाउने सोचाइमा छु ।’ भारतीले भनिन् ।
‘बजारमा लिएर गएमा पहिले जुनार हो भन्दा मान्छेले खान आनाकानी गर्छन्, अमिलो हुन्छ भन्छन् जव जुनारको स्वाद लिन्छन् अनि बजारमा जुनार टिपाटिप हुन्छ ।’ मंसिरदेखि फागुनसम्मको चार महिने जुनारको मौसममा उनले आम्दानी राम्रै गर्दै आएको बताईन् । बोट बीरुवाको काटछाटदेखि लिएर फल टिप्ने र यातायातको साधनसम्म ढुवानी गर्दा पनि आफैले काम गर्दै आएको बताईन् ।
जुनार मात्र हैन, कृषक भारतीले सुन्तलाबाट समेत ३ लाख रुपैयाको हाराहारीमा आम्दानी लिन सफल भएकी छन् । ‘गतवर्ष भन्दा यस वर्ष सुन्तलाको उत्पादन पनि बढ्यो, योे वर्ष मूल्य आएकाले राम्रै आम्दानी भयो,’ उनले भनिन् । ‘मौसमले साथ दिएमा सुन्तला र जुनार खेतीमा खासै खर्च हुदैन, आम्दानी राम्रो छ’, उनले भनिन् ‘छोराछोरीको पढाई अव सकिनै लागेको छ, अब खेतीमा समेत दोव्वर बिस्तार गर्ने सोचाइमा छु ।’