२१ बैशाख २०८१, शुक्रबार

सकिया कुडा कर्नालीका



सुर्खेत २२ फागुन ।
तीनदिनसम्म भएको कर्णाली उत्सव समापन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच उत्सव समापन गरिएको हो । उत्सवको अन्तिम दिन ‘मान्ठ जुर्मुराउँदा छन्’ बिषयका विभिन्न पाँच सेसनमा बहस गरिएको छ । ‘कहरी बनला कर्नाली’ शिर्षकको कर्णाली प्रदेश सभा सदस्य धर्म रेग्मी, कर्णाली प्रदेश सरकारका प्रमूख सचिव केवलप्रसाद भण्डारी, राजनीति शास्त्री डा. अर्जुनबहादुर अयडी र अर्थशास्त्री भोजराज पौडेलले बहस गरे ।
कर्णालीमा भएका सम्भावना र सम्पदाको पहिचान गर्न नसक्दा कर्णालीले अपेक्षाकृत बिकास गर्न नसकिएको वक्ताहरुले बताएका छन् । कर्णाली प्रदेश सभा सदस्य धर्म रेग्मीले कर्णाली बिकासका लागि अनतराष्टिय लगानी आवश्यक भएको र त्यो जुटाउन प्रदेशले मात्र नसक्ने बताए । कर्णाली सरकारका प्रमूख सचिव केवलप्रसाद भण्डारीले पूर्वाधार र जनशक्ति अभावमा कर्णालीको बिकास नभएको बताए । टुक्रे योजनामा बजेट विनियोजन, कर्मचारी अभाव र कार्यकर्तामुखी योजना निर्माणले बिकास गर्न नसकिने उनको भनाई छ ।
सुरज बैद्य, सञ्जिव बराल, कर्णाली सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र वीरेन्द्रनगर नगरपालिका प्रमूख देवकुमार सुवेदीले कृषि, पर्यटन र पानी पूर्वाधारमा लगानी बिषयमा बहस गरेका थिए । ‘काला पहाडका तोडा’ शिर्षकमा योन्द्र शाही कविन्द्र केसी र युवराज बस्नेतले बहस गरे भने डिजिटल कर्णाली शिर्षकमा वीरेन्द्रकुमार यादव, अस्गर अली र नवराज कुँवरले बहस गरेका थिए ।
‘कुडा कर्णालीका’ मा कर्णालीको ११ औं जिल्लाको रुपमा लोपोन्मुख फिरन्त राउटे समुदायलाई उभ्याइएको थियो । उक्त सेसनमा राउटेका महामुखिया सूर्यनारायण शाही, मानवशास्त्री डा. डम्बर चेमजोङ्ग, राउटे समुदायको क्षेत्रमा काम गरिरहेको सत्यदेवी अधिकारी र राउटेको अस्थायी बासस्थान रहेको दैलेखको गुराँश गाउँपालिका अध्यक्ष खेमराज ओलीले राउटे समुदायको विविध पाटाहरुमा बहस गरे ।
र्ने गरेका छन् ।
सुरज बैद्य, सञ्जिव बराल, कर्णाली सरकारका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र वीरेन्द्रनगर नगरपालिका प्रमूख देवकुमार सुवेदीले कृषि, पर्यटन र पानी पूर्वाधारमा लगानी बिषयमा बहस गरेका थिए । कर्णाली चिनाउन र कर्णालीका कुरा सुनाउन ऋती फाउण्डेसनले ‘कुडा कणालीका’ आयोजना गरेको हो । तीन दिनसम्म चलेको उत्सवले कर्णालीको भाषा, संस्कृती, कला, साहित्य पहिचान गराउनका साथै कर्णाली बिकासका सम्भावनाहरु पनि खोजिएको आयोजकले जनाएको छ ।