छुइगोठको पीडा



पश्चिमा सभ्यतामा हुर्केको
विकसित मनुष्यको प्रवचन सुन्न गएको
छोराले,
घर आउनासाथ भत्काइदियो ‘छुइगोठ’
उसले सोचेन वा सोच्न भ्याएन
या सोच्न दिएन प्रवचनको उन्मादले
त्यो घर,
आमाले महिनाभरीको थकान मेट्ने बाहाना थियो भनेर
छोराको हर्कद नियालिरहेकी आमाले पक्कै सोचिहुन्,
छोराले भत्कायो के ?
‘सभ्यता कि मेरो बाध्यता’
आमाले यति सोचिसक्दा छुइगोठ मुस्कुरायो
र प्रश्न गर्यो,
छोरा, अब आमालाई महिनाभरिको थकान मेटाउन कहाँ लैजान्छस ?
बुवाको घर जहाँ पहिले कहिल्यै बस्न दिएनन्
या
आमाले फेरि बनाउनु पर्ने हो त्रिपालको
‘म’ अर्थात ‘छुइगोठ’ ।
कानून संकाय
मध्यपश्चिमाञ्चल विश्वबिद्यालय
कर्णालीपाटी । २५ फाल्गुन २०७६, आईतवार १३:०६