४ जेष्ठ २०८१, शुक्रबार

कालीकोट उद्योग वाणिज्य संघमा प्रगतिशिल प्यानल विजयी


कालीकोट: उद्योग वाणिज्य संघमा प्रगतिशिल प्यानलबाटका अध्यक्ष रतनबहादुर शाही विजयी भएका छन् । नेपाल कम्युनिष्ट पाटी निकट प्रगतिशिल प्यानलबाट उम्मेदवारी दिएका शाहीले ३ सय ९५ मत प्राप्त गरि विजयी भएका हुन् ।
कालीकोट उद्योग वाणिज्य संघको १८ र्औ चुनावी साधारणसभाबाट शाही सहित प्रगतिशिल प्यानल विजयी भएको छ । लामो समय देखि उद्योग वाणिज्य संघको नेतृत्व हात पार्न नसकेको नेपाल कम्युनिष्ट पाटी निकट प्यानलले यस पटक भने अध्यक्ष सहितको कार्यसमिति हात पार्न सफल भएको छ ।
नेकपा निकट व्यापारीहरुको प्रगतिशिल प्यानलबाट अध्यक्षका उमेदवार रतन बहादुर शाहीले ३ सय ९५ मत ल्याएर विजयी भएका हुन् । भने उनका निकटतम प्रतिद्धन्द्धी डिलबहादुर शाहीले २ सय ५६ मत प्राप्त गरि पराजीत भएका छन् । व्यापारीको मनमा बस्न सफल भएका डिलबहादुर शाहीले यस पटकको निर्वाचनमा जित आफ्नो पोल्टामा पार्न भने सकेनन् । प्रगतिशिल प्यानबाट वरिष्ठ उपाध्यक्षमा खाडाचक्र नगरपालिकाका न्यायीक समितिका सदस्य तिलबहादुर शाही, द्धितृय उपाध्यक्षमा टेकबहादुर बुढा, महासचिवमा रंगलाल देवकोटा, सचिवमा कमल बराल, कोषाध्यक्षमा गौरी संज्याल, खुल्ला सदस्यमा युवा व्यवसायी नवराज बुढा, कमल शाही, महिला सदस्यमा काश्मिरा आचार्य, दलित सदस्यमा पूर्ण मिजार विजयी भएका छन् ।