२० बैशाख २०८१, बिहीबार

पलातामा २० हजार मास्क बितरण गर्ने


कालीकोटः पलाँता गाउपालिकाले पालिका भित्रका नागरिकलाई निःशुल्क माक्स वितरण गर्ने जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई न्युनिकरण गर्न माक्स वितरण गर्ने भएको हो ।
पलाँता गाउँपालिका भित्रका १८ हजार नागरिकलाई २० हजार माक्स वितरण गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम ‘पलाती कान्छा’ ले बताए । उनले गाउँपालिकाले कोरोना भाईरस सम्बन्धि जनचेतना जोगाउनका लागि पनि माक्स वितरण गर्न आवश्यक रहेको बताए ।
गाउँपालिकाले अध्यक्ष लगानी कोषबाट २० हजार माक्स खरिद गर्ने भएको छ । खरिद गरेका माक्स गाउँपालिकाभित्र बसोबास गर्ने स्थानीय नागरिकलाई वितरण गर्ने अध्यक्ष बमले जानकारी दिए । उनले गाउँपालिकाले निःशुल्क माक्स वितरण गर्दा नागरिकमा माक्सको प्रयोग गर्ने बानीको पनि विकास हुने भएकाले माक्स वितरण गर्न लागेको बताए ।