७ बैशाख २०८१, शुक्रबार

६० हजार रकम फिर्ता


कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ७ मा मुद्धा मिलाइदिने भन्दै २ जना शिक्षकले लगेको ६० हजार रकम फिर्ता गरेका छन् । लामोसमयदेखि अध्ययन गराउदै आएका शिक्षक जयप्रसाद सिम्खाडा र गोविन्द सिम्खाडाले लिएको ६० हजार रुपैया फिर्ता गरिएको हो ।
कात्तिक २३ गते राती सान्नित्रिवेणी गाउँपालिका वडा नं ७ का स्थानीय गणेश सिम्खाडा, छत्र सिम्खाडा र मनिकर सिम्खाडाले रौतहट जिल्लाबाट कामको शिलशिलामा क्युरी आएका आपसर आलमको ६ सय मिटर कपडा र जानकी कम्पनीको १ थान सिलिण्डर चोरी गरेका थिए । तर पीडित आलमले आफ्नो चोरी भएको सामान पाईसकेपछि जरीवाना समेत तिराएनन् । सोही गाउँका २ जना शिक्षकले ३ जनाबाट २०÷२० हजारका दरले उठाएर ६० हजार गाउँका ठालु, भद्धभलादमीले खाएका थिए ।
शिक्षकहरुले गाउँमा प्रहरी आएर हतकडि लगाएर लिन्छ बरु २०÷२० हजार रुपैयाँ तिर मुद्धा मिल्छ नत्र जेल जानुपर्छ भनि धम्की दिएपछि चोरी गर्ने तिन जनाले २०÷२० हजार रुपैया तिरेका थिए । मुम्रा प्रहरी चौकीमा सामान्य मिलापत्र कागज बनाएका उनीहरुले बाहिर आउन नपाउर्दै ६० हजार रुपैया तिर्नुपरेको थियो । आर्थिक अवस्था कमजोर भएका मनिकर सिम्खाडाले २० हजार तिर्नका लागि आफ्नो खेत नै बेच्नुपरेको उनका आफन्तले बताएका छन् । एक स्थानीयले भने ‘उनीहरु तीन जनाको कमजोरी हो उनीहरुले कमजोरी स्विकार गरिसकेका थिए, मदिरा सेवन गरि आफुहरुले चोरी गरेको स्विकारेपछि पीडित आपसर आलमले आफुले जरिवान नगराउने एक पटकका लागि माफिदिने भनेर प्रहरीमा कागज गरियो तर विचमै हामीले गाउँमा मान्ने, बुद्धिजीवी शिक्षकहरुले नै ६० हजार मागेर खाएछन् ।’
उनीहरुले खाएको ६० हजार रुपैयाँ सोही चोरी गर्ने ३ जनालाई फिता गरिदिएका छन् । चौतफि विरोध भएपछि शिक्षक जयप्रसाद सिम्खडा र गोविन्द सिम्खडाले रकम फिर्ता गरेका हुन् ।