लकडाउन उल्लंघन गर्ने २ जना पक्राउ


सुर्खेत । आजदेखि भएको ‘लकडाउन’ कारण वीरेन्द्रनगर बजार पूर्ण रुपमा बन्द भएको छ । लकडाउनका कारण वीरेन्द्रनगर बजार सुनसान भएको छ । लकडाउनको वेवस्था गर्दै आफूखुशी मोटरसाइकल चलाउनेलाई ट्राफिक प्रहरीले कारवाही पनि थालेको छ ।
प्रहरीले लकडाउनलाई अटेर गर्ने २ जनालाई पक्राउ गरि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
त्यस्तै लकडाउनको समयमा मोटरसाइकल चलाउनेहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ भने प्रहरीले घरबाट बाहिर ननिस्कन माइकिङ्ग गर्दै हिडेको छ ।
कर्णालीपाटी । ११ चैत्र २०७६, मंगलवार १६:५५