२१ बैशाख २०८१, शुक्रबार

मनकारी व्यवसायीले गरे मास्क र फ्रुटी वितरण


कालीकोटः जिल्लाका युवा व्यवसायीहरुले ड्यूटीमा खटिएका प्रहरीलाई मास्क र फ्रुटी बितरण गरेका छन् । कालिकोट उद्योग बाणिज्य संघका बरिष्ठ सदस्य तथा जिएन कम्यूनिकेशन एण्ड मोवाईल ग्यालरीका प्रोप्राईटर नवराज बुढा र हिमशोभा जनरल स्टोरका प्रोप्राईटर युवा व्यवसायी उद्धव बरालले सयुक्त रुपमा ड्यूटीमा खटिएका प्रहरीलाई मास्क र फु्रटी बितरण गरेका हुन् ।
सरकारले घोषणा गरेको लकडाउनलाई कार्यन्वयन गराउन सडकमा खटिने २ सय जना नेपाली प्रहरी तथा सशस्त्र प्रहरीलाई व्यवसायीहरुले मास्क र फ्रुटी बितरण गरेका छन् । शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा प्रहरीका लागि मास्क र फ्रुटी सशस्त्र प्रहरीको गुल्ममा सशस्त्र प्रहरीका लागि मास्क र फ्रुटी हस्तान्त्रण गरिएको हो ।
कालिकोट उद्योग बाणिज्य संघका सदस्य नवराज बुढाले कालिकोटवासीको जिउधनको सुरक्षाका लागि सडकमा खटिने प्रहरीलाई कोरोनाको संक्रमणबाट जोगिने मास्क र भोक र प्यास नभनी सडकमा खटिरहेको अवस्थामा खानका लागि फ्रुटी सहयोग गरेको बताए । उनले लकडाउनको अवधीमा सडकमा खटिने प्रहरीलाई नागरिकहरुको पनि साथ छ भन्ने सन्देश दिन पनि आफुहरुले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । उनले भने, प्रहरी बिना मास्क र भोक तिर्खा नभनी सडकमा खटिएको देखे। हामी घरभित्र बस्ने उहाँहरु हाम्रै सुरक्षाका लागि चोक चोकमा खटिरहनुभएको छ । उहाँको सडकको सक्रियतामा हाम्रो साथ हो ।
अर्का युवा व्यवसायी हिमशोभा जनरल स्टोरका प्रोप्राईटर उद्धव बरालले सुरक्षाकर्मीलाई नागरिक तहबाट साथ दिनका लागि मास्क र फ्रुटी सहयोग गरेको बताए । उनले कोरोनाको त्रास गाँउ गाँउसम्म पुगेको र बिपद्मा साथ दिने सुरक्षाकर्मीको पीडामा आफुहरुले एक्यबद्धता जनाएको बताए । उनले भने, हामी चाहान्छौँ । यो मुलुकमा कोरोना भाईरसको महामारी नहोस । हाम्रै सुरक्षामा खटिने सुरक्षाकर्मीहरु पनि यसको जोखिमबाट बचुन । ड्यूटीमा खटिदा अनिर्बाय रुपमा मास्कको प्रयोग होस ।


कालिकोट प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले लकडाउनको पुर्ण पालना गर्नका लागि कालिकोटवासीलाई आग्रह गरे । उनले बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि संक्रमण देखिएकाले यसबाट जोगिन पुर्व सतर्कता अपरिहार्य रहेको बताए । उनले भने, रोगको उपचार भन्दा रोग लाग्नबाटै जोगिनु महत्वपुर्ण कुुरा हो । त्यसका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । यहाँका सबै जिल्लावासीबाट सहयोग होस । ड्यूटीमा खटिने सुरक्षाकर्मीलाई मास्क र फ्रुटी सहयोग गरेर व्यवसायीहरुले सुरक्षाकर्मीको हौसला बढाउने काम गरेकोमा धन्यबाद दिए । कार्यक्रममा जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाले प्रहरीलाई दिने मास्क र फ्रुटी बुझ्दै प्रहरीको समस्यामा व्यवसायीको साथ पाएकोमा धन्यबाद दिए । उनले भने, यसले प्रहरीलाई ड्यूटी गर्न थप उत्साह जाग्नेछ । नागरिकको साथ र सहयोगको महसुस हुुनेछ । सशस्त्र प्रहरी प्रमूख डिएसपी दिपेन्द्र कुवरले सशस्त्र प्रहरी बिना मास्क ड्यूटीमा खटिनु परेको बताउदै व्यवसायीले मास्क सहयोग गरेर ठुलो सहयोग पुगेको बताए । उनले भने, बिहिबारसम्म सशस्त्र प्रहरीसँग मास्क नै थिएन् । शुक्रबार खाँडाचक्र नगरपालिकाले ३० वटा मास्क सहयोग गरेर प्रयोग गरिएको थियो । व्यवसायीबाट थप ५० मास्क सशस्त्र प्रहरीलाई उपलब्ध भएको छ । यसबाट बजारमा मास्क नपाईने भएकाले हामीलाई ठुलो सहयोग पुगेको छ ।