१५ बैशाख २०८१, शनिबार

कर्णालीको विपद् कोषमा गरिमा बैंकको पाँच लाख


सुर्खेत । कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा गरिमा बिकास बैंकले पाँच लाख रकम जम्मा गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण कार्यका लागि स्थापित प्रदेश सरकारको कोषमा जम्मा हुने गरी बैंकको सुर्खेत शाखाले विहीबार कर्णाली सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीलाई चेक हस्तान्तरण गरेको हो ।
कोरोना नियन्त्रण तथा रोकथाम कार्यका बैंकले सबै प्रदेशमा पाँच लाखका दरले सरकारको विपद कोषमा जम्मा गर्ने निर्णय अनुरुप चेक हस्तान्तरण गरिएको गरिमा बिकास बैंक सुर्खेतमा प्रबन्धक श्रवण न्यौपानेले बताए । ‘विपत्तको बेला सहयोग गर्नु सबैको दायित्व सम्झेर बेंकले सबै प्रदेशका सरकारहरुको कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो’ न्यौपानेले भने, ‘बैंकको निर्णय अनुसार विहीबार पाँच लाखको चेक हस्तान्तरण गरेका छौ ।’
कोरानोले विश्वव्यापी रुपमा संन्त्रास फैलाएको र यस्तो विपत्तीको बेला सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको मन्त्री भण्डारीले बताए । ‘विपत्तीसंग लड्न एक्लै सरकारको शक्तिले मात्र सम्भव छैन’ उनले भने, ‘सरकार, निजी क्षेत्र, सहकारी र आमजनाताको सहयोग अपरिहार्य छ ।’