२३ बैशाख २०८१, आईतवार

स्वास्थ्यकर्मीलाई दुई सय प्रतिशत भत्ता


कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा लागि सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीलाई २ सय प्रतिशतसम्म भत्ता उपलब्ध गर्ने निर्णय गरेको छ ।
रास्कोट नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीलाई भत्ता उपलव्ध गराउने जानकारी दिएको छ । आफुले जोखिम मोलेर सेवामा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप उक्त भत्ता दिन लागिएको रास्कोट नगरपालिकाले जनाएको छ ।
रास्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालका अनुुसार आइसोलेसन कक्ष, हेल्थ डेस्क र ज्वरो मापन केन्द्रमा खटिने स्वास्थ्यकर्मीलाइ नियुक्त पदको सुरु तलवको २ सय प्रतिशत, क्वारेनटाइन, ओपिडी र समुदायमा खटिने स्वास्थ्यकर्मीलाइ नियुक्त पदको सुरु तलबको एक सय प्रतिशत भत्ता दिने निर्णय गरिएको छ । त्यसैगरी अन्य स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र अन्य कर्मचारीलाई नियुक्त पदको सुरु तलबको पचास प्रतिशत भत्ता दिइनेछ ।
यसैबिच नगरपालिकाले आफू खुशी राहत वितरण नगर्न भनेको छ । नगरपालिकाले एकद्वार प्रणाली अन्तरगत राहत वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिँदै आफू खुशी राहत वितरण गर्दा लक्षित वर्गमा नपुग्ने भन्दै त्यो नगर्न सबैलाई आग्रह गरेको छ ।