२१ बैशाख २०८१, शुक्रबार

सत्ताको आडमा मुद्धा दर्ता गर्न मानेन प्रहरीले


कालीकोटः   पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, उनकी पत्नी गोरीकला बम र भतिज गजेन्द्र बमलाई कुटपीट गर्ने बिरुद्ध दिएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको पीडित पक्षले गुनासो गरेको छ । घाईते बम सहितको टोलीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगेपछि अध्यक्ष बमका दाई लंकबहादुर बमले जिल्ला प्रहरी कार्यालय कालिकोटमा आईतबार उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको उनले गुनासो गरेका हुन् ।
पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बमका दाई लंक बमले भने, मैले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले दर्ता गरिदिएन् । उल्टै राजनीतिक मुद्धा भएकाले नेकपाका नेताहरुले दर्ता नगर्नु भनेको प्रहरीले आफुलाई भने । मैले दिएको मुद्धा किन दर्ता भएन भनेर म जिल्ला प्रहरी प्रमूख डिएसपी शयामबाबु ओलीयासँग गए । उहाँले पनि हामी अनुसन्धान गरिरहेका छौँ । तपाईलाई भोली फोन गरेर बोलाउछु भन्ने भयो । हाज फोन आएन् । भाई, भाई बुहारी र छोरालाई अपराधिहरुले ढुंगा हान्न हुने तर प्रहरीले राजनीति मुद्धा भनेर मुद्धा दर्ता नगरिदिने के कानुन हो ।
कुटपीटमा संलग्न नेकपाका पलाँता गाँउपालिका अध्यक्ष बिष्णु रोकाया, वडा नं. १ का वडा अध्यक्ष मानबहादुर भण्डारी, स्थानिय मोती कार्की र धनबहादुर भण्डारीका बिरुद्ध ज्यान मार्ने उद्योग मुद्धा प्रहरीकहाँ पेश गरिएको छ । उनले भने, तर प्रहरीले पार्टीका नेताहरुले राजनीतिक मुद्धा हो । मुद्धा दर्ता नगर्ने भनेका आधारमा मुद्धा दर्ता भएको छैन् । सत्ता र शक्तिका कारण हामीले न्याय नपाउने । यता जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी ओलीयाले पलाँतामा भएको कुटपीटको घटनाको अनुसन्धान भईरहेको जानकारी दिए । उनले भने, हामीले घटनाको बिषयमा बिस्तृत अनुसन्धान गरिरहेका छौँ । कसैले भनेर मुद्धा दर्ता नभएको होईन । प्रक्रिया पुगेपछि मुद्धा दर्ता हुन्छ ।
पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले आफुहरुले पलाँताको राडुनेटा हुदै खिन छलाहा जाने सडकको जग्गा बिबाद समाधन गरी गाँउपालिका फकिर्ने क्रममा नेकपा गाँउपालिका अध्यक्ष सहितको टोली आएर आफुहरु माथि आकमर्ण गरेको बताए । उनले भने, हामी पालिका फर्किने तयारीमा थियौँ । उनीहरु आएर पालिका केन्द्र किन निर्माण भएन । थिर्पुमा किन १५ शैया अस्पताल निर्माण भयो भनेर बिबादको सुरुवात गरे । मैले बिस्तारै निर्माण हुन्छ भन्दा भनेर जबाफ दिए । तर उनीहरुले सिधै ढुंगामुडा गरेर आक्रमण गरे । नेकपा पलाँता गाँउपालिका अध्यक्ष बिष्णु रोकायाले पलाँतामा भएको ससामान्य बिबादलाई ठुलो बनाईउको बताए । उनले आफुहरुले कुटपीट गरी कसैलाई पनि घाईते नबनाएको बताए ।