१९ बैशाख २०८१, बुधबार

पलाता गाउँपालिकाले आफै गर्दै कोरोना परिक्षण


कालीकोटः पलाँता बाहिर कोरोना भाइरस (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । कालिकोट पलाँतामा भने यही महीना को २३ गते शुक्रबार परीक्षणका लागि आरडीटी किट र पिसिआर नमुना सङ्गकलन गर्न मेशिन पुगेपछि पलाँतामा नमूना परीक्षण हुने जनाइएको छ ।
पलाँता गाउँपालिकाले पिसिआर ८ सय र आरडीटी ५ सय खरीद गरेको र पलाँता स्थित सरस्वति मा.बि थिर्पु र एएनबि हस्पीटलमा पि.सि.आर र आर.डी.टी शुक्रबारदेखि शुरु गरीने गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले जानकारी दिएका छन् ।
उनले आफ्नो फेसबुक मार्फत गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पालिका बाहीरबाट आएका नागरीकहरु, क्वारेन्टाइनमा बसेका नागरिकको सुरक्षामा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कालीकोट जिल्लामा रहेका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको कोरोना जाँच गरिने बताएका छन् । कोभिड–१९ को नमूना परीक्षण गर्ने तयारी रहेको स्थानमा नमूना परीक्षणका लागि प्रोटेबल पीसीआर मेशिनसहित सम्पूर्ण सामग्री खरीद भैसकेको र २३ गते चेक जाँच गरीने बताईएको छ ।