४ जेष्ठ २०८१, शुक्रबार

अनेरास्ववियु कालिकोटमा विवाद एकले टुङग्यायो अर्कोले समानान्तर कमिटी गठन गर्यो


कालीकोटः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कालिकोटको एकता प्रक्रिया टुङग्याएको छ । अनेरास्ववियु केन्द्रीय सदस्य भिम प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियूले एकता टुङग्याएको भनिएपनि टिमगत राजनीति गरेको भन्दै अर्को पक्षले समानान्तर कमिटी गठन गरेको छ ।
लामो समयदेखि एकता हुन नसकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटि फेरी विवाद भएको छ ।
अन्य जिल्लाले सहज रुपमा एकता सकेपनि कालीकोटले भने विवादका विचमा एकता टुङगिएको जानकारी दिएको छ । अनेरास्ववियु कालिकोटमा मनसिंह शाही संयोजक, सन्तोष महतारा सह संयोजक रहने गरि ५१ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । भने समानान्तर कमिटीमा लक्ष्मण शाही, सुमन विष्ट र हिक्मतजंग मल्ल लगाएको २२ सदस्यीय समानान्तर कमिटी गठन गरिएको छ ।
टिमगत रुपमा एकता भएको भन्ने हल्ला फैलाएको लक्ष्मण शाहीले बताए उनले भने हामीले समानान्तर कमिटी गठन गरेका र्छौ । विद्यार्थीको संगठनमा पनि टिम गत एकता भएपछि सामानान्तर कमिटी गठन गर्न बाध्य भएका र्हौ ।

यता अनेरास्ववियूका जिल्ला कमिटी सदस्य रमेश शाहीले समानान्तर कमिटीको कुनै अर्थ नभएको बताएका छन् । उनले भने, ‘अनेरास्ववियू एकताले राम्रो सन्देश दिएको छ, अनेरास्ववियू जिल्ला कमिटीमा परेका मान्छे पनि समानान्तर कमिटीमा छन् कसरी विश्वास गर्नु समानान्तर कमिटीको ।’