२१ बैशाख २०८१, शुक्रबार

कर्णालीमा रोपाई सकियो



सुर्खेत ।
गत वर्षको तुलनामा यस वर्ष कर्णाली प्रदेशमा शत् प्रतिशत धान रोपाई हुने सम्भावना बढेको छ । समयमै धान रोपाइँ गरिए पछि धान उत्पादन बृद्धि हुने अपेक्षा गरिएको छ । साउन सुरु हुँदा कर्णालीका ९७ प्रतिशत भुभागमा रोपाईं भईसकेको हो ।
कुल ४९ हजार चार सय २५ हेक्टर क्षेत्रफलमा धान रोपिने कर्णालीमा हालसम्म ४७ हजार नौँ सय ४२ हेक्टर क्षेत्रफलमा धान रोपाईं भईसकेको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी निति अनुसन्धान मापदण्ड तथा समन्वय शाखाकी अधिकृत मुना पहाडीले समयमै वर्षा सुुरु भएका कारण कर्णालीमा शत्प्रतिशत रोपाईं हुने बताइन् । उनले भनिन्, ‘यस वर्ष कर्णालीका अधिकांश जिल्लाहरुमा समयमै पानी परेको थियो । समयमै पानी परेपछि रोपाईँ चाडै भएको हो ।’
साउन महिनासम्म आईपुग्दा जुम्ला, हुम्ला र डोल्पामा शत् प्रतिशत रोपाई सकिसकेको छ । यसैगरी सुर्खेतको ९७ प्रतिशत भुभागमा रोपाईं सकिएको छ । कालिकोटमा ९७ प्रतिशत, मुगुमा ९८ प्रतिशत, सल्यानमा ९५ प्रतिशत, दैलेखमा ९३ प्रतिशत, जाजरकोटमा ९८ प्रतिशत र रुकुम (पश्चिम)मा ९८ प्रतिशत भुभागमा रोपाईं सकिएको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा कर्णाली भर १ लाख ७२ हजार ५ सय ५४ मेटिूकटन धान उत्पादन भयो । २०७५/०७६ मा भने उत्पाकदत्व बढेर १ लाख ७३ हजार ४ सय ४२ मेटिूक टन धान धेरै उत्पादन भएको थियो । तर कर्णालीका लागि वर्षभरी तीन लाख ५२ हजार एक मेटिूक टन धान आवश्यक छ ।
कर्णालीलाई अझैपनि २५ हजार मेटिूकटन धान अभाव छ । प्रदेशका १० जिल्लाहरु मध्य तीन जिल्लाले मात्रै आफुलाई पुग्ने धान उपादन गर्नसक्ने सामथ्र्य राख्छन् । रुकुम पश्चिम, सल्यान र सुर्खेत धान उत्पादनमा अघि छन् । अन्य जिल्लाहरु भने आयातकै भरमा रहेका छन् ।
आवश्कताको आधा परिमाण मात्र कर्णालीमा उत्पादन हुन्छ । कर्णालीका १७ लाख भन्दा धेरै जनसंख्याले वार्षिक तीन लाख २६ हजार पाँच सय ७३ मेट्रिक टन धान खपत गरिरहेका छन् । यो परिमाण कर्णालीमै उत्पादित र आयातित गरिएको धानको परिमाण हो । अझैपनि २५ हजार चार सय २८ मेटिूक टन धान कर्णालीलाई अभाव रहेको कृषि बिकास निर्देशनालय सुर्खेतले जनाएको छ ।