२१ बैशाख २०८१, शुक्रबार

नरहरिनाथको पहिरोमा परि ९ जनाको मृत्यु


कालीकोट । गएरातिको अबिरल वर्षा पछिको बाढि पहिरोले कालिकोटको नरहरीनाथ गाउँपालिकामा ९ जनाको मुत्यु भएको छ भने ठुलो जनधनको क्षति भएको छ ।
नरहरिनाथ गाउँपालिकाका वडा नं ७ बाँका र वडा नं ४ माझगोठिमा आएको पहिरोमा परि ९ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले जानकारी दिए । मंगलबार राती आएको अविरल वर्षासंगैको पहिरोले नरहरिनाथ–७ बाँकाका गंगे बुढाको घर बगाएपछि ७ जनाको मुत्यु भएको छ ।
पहिरोले घर बगाएपछि गंगे बुढा, नैना बुढा, कुशा बुढा, चन्द्रीका बुढा, राम बुढा, चरित्र बुढा र विमला बुढाको मृत्यु भएको हो । गंगे बुढाको ११ जनाको परिवार मध्ये घर बगाउने समयमा चार जना भाग्न सफल भएर सकुशल रहेका छन् ।

यस्तै नरहरिनाथ गाउँपालिका–४ को माझगोठीमा एक घर भत्कादा घरधनी बाले बुढा र उहाँकी धर्मपत्नि मना बुढाको मृत्यु भएको जोशीको भनाई छ । ।

अविरल वर्षासंगैको पहिरोले कालिकोटको अधिकाँश स्थान पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरो र बाढीको उच्च जोखिममा रहेका बस्तीलाई छोडेर अन्यन्त्र जान जिल्ला प्रशासन कार्यालयले सूचना जारी समेत गरिसकेको छ ।