४ जेष्ठ २०८१, शुक्रबार

गृह मन्त्रालयको प्रवक्तामा जाजरकोटका सहसचिव बुढा


सुर्खेत । गृह मन्त्रालयले प्रवक्ताको जिम्मा सहसचिव जाजरकोटका चक्र बहादुर बुढालाई तोकिएको छ । आइतबार नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव बुढालाई तोकिएको हो ।

गृह मन्त्रालयले बुढालाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो । शान्ति सुरक्षा महाशाखा हेर्ने सहसचिवलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहँदै आएको मन्त्रालयले जानकारी दिएको छ ।

बुढा यस अघि मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखको रुपमा रहेका थिए । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिन अघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएपछि गृह प्रवक्ता र शान्ति सुरक्षा महाशाखा रिक्त रहँदै आएको थियो ।