४ जेष्ठ २०८१, शुक्रबार

सल्यानका एथलेटिक्स प्रशिक्षक राईको निधन


काठमाडौं । सल्यान जिल्ला खेलकूद विकास समिति अन्तर्गत एथलेटिक्सका सहायक प्रशिक्षक ५२ बर्षीय रवीनकुमार राईको निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित राईको सोमबार राति भक्तपुरस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो ।

राई गत वर्ष चैतमा उपचारका लागि सल्यानबाट काठमाडौँ आएका थिए । प्रशिक्षक राईको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए ।

राई २०५२ सालमा एथलेटिक्सको सहायक प्रशिक्षकका रुपमा सल्यानमा नियुक्त भएका थिए । राईको उपचारकोलागि यस अघि संङ्घको पहलमा १० लाखभन्दा बढी सहयोग जुटाएको समेत बिष्टले जानकारी दिए । प्रशिक्षक राईलाई गत जेठको पहिलो सातादेखि काठमाडौंँ क्यान्सर सेन्टरमा भर्ना गरिएको थियो ।

सल्यानमा निरन्तर प्रशिक्षणमा संलग्न राईले राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेको सङ्घका सचिव विष्टले बताए । राईका एक छोरा, एक छोरी र श्रीमती रहेका छन् ।