२१ बैशाख २०८१, शुक्रबार

नदीले बगाउँदा एकजनाको मृत्यु


सल्यान । सल्यानमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नदीमा आएको बाढीले बगाउँदा कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरका लेवाराम रावतको मृत्यु भएको छ ।

खेतमा काम गर्न जाने क्रममा २५ वर्षीय रावतलाई सोमबार बिहान नदीले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रहरीले मंगलबार कालिमाटीकै दलपुरे भन्ने ठाउँमा उनको शव फेला परेका जानकारी दिएको छ । उनको शव पोस्टमार्टमका लागि राप्ती उप–क्षेत्रीय अस्पताल तुलसीपुर पठाइएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।