१५ बैशाख २०८१, शनिबार

बाढी पहिरो प्रभावित ३० जिल्लामा कांग्रेसले पठायो ४५ लाख


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित ३० जिल्लामा ४५ लाख रुपैयाँ पठाएको छ । प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम काँग्रेसले जनाएको छ ।

जसमा लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी र पर्सा जिल्ला रहेका छन् ।

त्यस्तै धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीलाई पनि रकम पठाएको कांग्रेसले जनाएको छ ।

उक्त रकमले बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पु¥याउने बताएको छ ।