५ जेष्ठ २०८१, शनिबार

एकजना पनि कोरोना संक्रमित नभएका १० देश


एजेन्सी । कोरोनाभाइरस महामारीले यी १० देश बाहेक संसारका लगभग हरेक देशमा आफ्नो असर देखाएको छ । तर के यी देश साँच्चै नै कोभिड–१९ बाट बेअसर नै छन् ? र प्रश्न यो पनि उठ्छ कि उनीहरु अब के गरिरहेका छन् ?
सन् १९८२ मा खोलिएको ‘द पलाउ होटल’ त्यो जमानामा निकै ठूलो होटल थियो । यसको अत्यधिक चर्चा हुने गर्दथ्यो किनभने योभन्दा उन्नत होटल अरु कुनै थिएन ।

त्यतिबेलादेखि आकाशे रङको प्रशान्त महासागरले घेरिएको यो सानो देशले पर्यटनमा वृद्धिको पूरा आनन्द लियो ।
सन् २०१९ मा करिब ९० हजार पर्यटक पलाऊ पुगेका थिए, अर्थात् यो देशको कूल जनसंख्याभन्दा लगभग पाँच गुणा बढी ।
सन् २०१७ मा आइएमएफको आँकडामार्फत् देशको जीडिपीको ४० प्रतिशत हिस्सा पर्यटनबाट आउने पत्ता लागेको छ । तर यो सबै कोभिड अघिको कुरा हो ।

पलाऊका सीमा मार्चको अन्तिम दिनदेखि बन्द छन् । यद्यपि, पलाऊ संसारको ती १० देश (उत्तर कोरिया र तुर्कमेनिस्तानलाई छोडेर) मध्ये एक हो जहाँ कोरोना संक्रमणको आधिकारिक रुपमा कुनै केस छैन ।

तर कुनै पनि व्यक्तिलाई संक्रमित नगरिकनै कोरोनाभाइरसले यो देशलाई ध्वस्त पारेको छ ।
द पलाऊ होटल मार्चदेखि नै बन्द छ र अब यो एक्लो छैन । पलाऊका सबै रेष्टुरेन्ट खाली छन् । जुन पसलमा पर्यटक उपहार खरिद गर्न जान्थे, ती सबै बन्द छन् । विदेशबाट फर्किएका पलाऊका नागरिकलाई क्वारेन्टिनको सुविधा दिइरहेका होटलमात्रै खुल्ला छन् ।

१० देश जहाँ कोभिड–१९ का कोही संक्रमित छैननः
– पलाउ
–माइक्रोनेशिया
–मार्शल द्वीप समूह
– नाउरु
–किरिबाती
– सोलोमन द्वीप समूह
– तुवालु
– समाओ
– वानुअतु
–टोंगा

द पलाऊ होटलका प्रबन्धक ब्रायन ली भन्छन्, ‘यहाँको समुद्र संसारको कुनै पनि देशभन्दा अत्यधिक सुन्दर छ ।’ उनका अनुसार आकाशको रङको निलो समुद्र नै हो जसले उनलाई व्यस्त राख्छ । कोभिड अघि उनको होटलका ५४ कोठामध्ये करिब ७०–८० प्रतिशत हरेक समय भरिएका हुन्थे तर सीमा बन्द भएपछि उनीसँग कुनै काम नै छैन । ब्रायन भन्छन्, ‘यो एउटा सानो देश हो, तसर्थ स्थानीय मानिसहरु त पलाउ होटटलमा आएर बस्दैनन् ।’

उनकी समूहमा लगभग २० कर्मचारी छन् र उनले सबैलाई अहिलेसम्म काममा राखेका छन् तर उनको कामको घण्टा घटाइएको छ । उनी भन्छन्, ‘म सधैं उनीहरुका लागि काम खोज्ने कोसिस गर्छु जस्तै मिलाउने काम, कुनै भागको नविकरणको काम र यस्तै यस्तै ।’
तर खाली होटलमा सधैंभरी चिजबिज मिलाउने र नवीकरणको काम गरिराख्ने कुरा पनि त आउँदैन । ब्रायन भन्छन्, ‘म यसरी थप ६ महिना चलाउन सक्छु तर पछि त मैले होटल नै बन्द गर्नुपर्ने स्थिती आउन सक्छ ।’

स्रोतः बीबीसी