१४ बैशाख २०८१, शुक्रबार

कर्णालीमा थप ४८ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परिक्षणमा थप ४८ जनामा संक्रमण देखिएको हो ।

यो संगै कर्णालीमा कुल संक्रमितको संख्या तीन हजार तीन सय ६४ पुगेको छ । नयाँ संक्रमितहरु सुर्खेतका ३६ जना, सल्यानका ६ जना, दैलेखका ३ जना र अन्य प्रदेशका ३ जना रहेका छन् ।

थप १५ जना निको भए

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमित निको भएका छन् । यो संगै कुल निको हुनेको संख्या दुई हजार आठ सय १० पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।