१४ बैशाख २०८१, शुक्रबार

सम्झनाको हत्यारालाई कारबाही गर्न माग


काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बझाङकी सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।

नेविसंघ अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै बझाङको मष्टा गाउँपालिकाका १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि भएको हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् ।

‘लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु दुःखद कुरा हो, सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ,‘ उनले भने ।