३ जेष्ठ २०८१, बिहीबार

अनेरास्ववियूको शुभकामना आदान प्रदान सम्पन्न


कालीकोटः अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी यूनियनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । अनेरास्ववियू जिल्ला संयोजक मनसिंह शाहीको अध्यक्षता नेपाल कम्यूनिष्ट पाटी नेकपाका जिल्ला कमिटी अध्यक्ष धनजित शाहीको प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतको विशेष आतिथ्यता र प्रदेश कमिटी सदस्य लक्ष्मीप्रसाद चौलागाई गंगा खड्काको आतिथ्यामा शुभकामना आदानप्रदान गरिएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने अधिकाशं नेताहरुले अब देश बिकासमा लाग्नु पर्ने बताएका थिए । जनताको मन जितेर काम गर्ने बेला आएको हुदा मनमुटाब नगरेर एकताबद्ध भएर काम गर्ने शक्ति दुर्गामाताले प्रदान गरुन भन्दै आफ्नो शुभकामना राखेका थिए । अनेरास्ववियूका सचिवालय सदस्य अमित शाहीले सम्पूर्ण अतिथिलाई स्वागत मनत्व्यबाट स्वागत गरेका थिए ।