१५ बैशाख २०८१, शनिबार

कालीकोटका प्रजिअले एकाएक हातमा झाडु बोकेर आएपछि…


कालीकोटः बिहीबार बिहान कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य प्रतिमाचौकमा भेटिए । उनको हातमा झाडु थियो । उनको हातमा झाडु देखेपछि नागरिक अच्चमित परेका थिए । एका विहानै प्रमुख जिल्ला अधिकारी किन प्रतिमाचौकमा आए भनेर नागरिकले उनलाई नियालिरहेका थिए । पछि नागरिकलाई पनि थाहा भयो की ? राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सिलशिलामा प्रजिअले हातमा झाडु बोकेर चौकमा आएका हुन् भन्ने । सफा, स्वच्छ र सुरक्षित कालीकोटको पहिलो दिन प्रमुख जिल्ला अधिकारी पौडेल पनि बजार सरसफाईमा जुटेका हुन् ।
पौडेलसँगै कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीलगायत अन्य पनि बजार सफाइमा सहभागी थिए । विसं २००७ साल फागुन ७ गने एकतन्त्रीय जाहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थपवाना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म विभिन्न कर्यक्रमको आयोजना गरि मनाउने गरिएको छ । सोही शिलसिलामा कालीकोटमा पहिलो दिन बजार सरसफाई कार्यक्रम गरिएको हो ।
फागुन २ गते जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा बसेको बैठकले समन्वय समिति प्रमुख शाहीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । सो बैठकले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा फागुन ६ गते कालीकोट उद्योग वाणिज्य संघको अगुवाईमा बजार सरसफाई गर्ने, ६ गते साझ दिपावली मनाउने, ७ गते प्रतिमा चौकबाट झण्डा र व्यानर सहित ¥याली गरि जिल्ला समन्वय समितिले राख्ने, फागुन ७ गते दिउसो चोकबाट पञ्चेबाजा सहित बजार परिक्रमा गरि जिससको मञ्चमा प्रवचन कार्यक्रम आयोजना गर्ने , ७ गते दिउसो देउडा तथा लोक गित प्रतियोगिताको आयोजना गर्ने , ८ गते जिल्ला साहित्यिक प्रतिष्ठान कालीकोटले खुल्ला रचना बाचन गर्ने कार्यक्रम अनुमोदन गरेको थियो ।
समितिले अनुमोदन गरे अनुसार आजदेखि राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो । फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ साल चैत २६ गते प्रजातन्त्र पुनस्र्थापना भएको थियो भने विसं २०६३ बैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभुमिमा विसं २०६५ साल जे १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरिको छ । दोस्रो संविधानसभाले विसं २०७२ साल असोज ३ गते संविधान घोषणा गरि कार्यान्वयन भएको छ । यी सवै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले यसलाई विशेष रुपमा मनाउने गरिएको छ ।