२९ बैशाख २०८१, शनिबार

पिलीलाई सुरक्षित खानेपानी युक्त वडा घोषणा


कालीकोट जिल्लाको खाडाचक्र नगरपालिकाका वडा नं ७ लाई कर्णाली प्रदेशकै दोस्रो सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको छ ।
साविकको कर्णाली अञ्चलको पहिलो र कर्णाली प्रदेशकै दोस्रो नम्बरमा खाडाचक्र नगरपालिकाको वडा नं ७ लाई सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको हो । खाडाचक्र नगरापलिका वडा नं ७ का वडाध्यक्ष रजबहादुर मल्लको अध्यक्षता खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डे को प्रमुख आतिथ्यता र उपप्रमुख विजया विष्टको विशेष आतिथ्यतामा वडा नं ७ लाई सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको हो ।
युनिसेफ नेपाल र हुरेन्डेक नेपालको करिव ७० लाख ५० हजारको आर्थिक सहयोगमा १ सय ७५ घरधुरीमा धारा निमार्ण गरि सुरक्षित खानेपानी युक्त वडा घोषणाका लागि पुरा गर्नुपर्ने १० वटा इन्डिकेटरहरु पुरा गरि खाडाचक्र नगरपालिकामा सुरक्षित एवंम बालमैत्री धारा निमार्ण गरिएको खानेपानी सरसफाई तथा स्वच्छता अधिकृत गणेश रावलले बताए ।
वडा नं ७ पिलीको विकासका लागि आफुले विभिन्न गैर सरकारी संस्थाहरुसंग सहयोग मागेर विकास गरिरहेको खाडाचक्र नगरपालिका प्रमुख जसी प्रसाद पाण्डेले बताए । उनले नगरपालिकाले युद्ध पर्यटकीय क्षेत्र घोषणादेखि पिलीका नागरिकका समस्यालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कार्यक्रममा विशेष अतिथि विजया विष्टले आफुहरुको पालामा नै नागरिकका आधारभुत समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा खाडाचक्र नगरपालिकाका जनप्रनिधि कर्मचारीलगायत सर्वसाधारण नागरिको उपस्थिति रहेको थियो ।