१५ बैशाख २०८१, शनिबार

प्यूठानमा जिप दुर्घटना हुँदा, चालकको मृत्यु


प्यूठान। प्यूठानको खलंगामा सरकारी जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी जिप चालक प्रकाश आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध १ झ ५ नम्बरको उक्त जिप प्यूठानकै मल्लारानी गाउँपालिका वडा नम्बर ४ खत्रे खोलामा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी सहायक निरीक्षक कृष्ण विकले जिपमा चालक आचार्य मात्रै सवार रहेको जानकारी दिए ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लगायतका कर्मचारीहरूलाई मल्लारानी गाउँपालिकाको कार्यालयमा छोडेर फर्किँदै गर्दा उक्त जिप दुर्घटनामा परेको हो ।